Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोलखा अव चलचित्र नगरी

सुमन वाग्ले, काठमाण्डौ, 2012/03/19

नेपाली चलचित्रको विकास लागि भन्दै चलचित्र विकास बोर्डले  बेलाबेलामा विभिन्न योजनाहरु सार्वजनिक गर्ने गरेको पाईन्छ । चलचित्र विकास बोर्डको महत्वाकाक्षी योजनाको रुपमा रहेको देशको कुनै ठाँउलाई चलचित्र नगरी बनाउने भन्ने योजनालाई अगाडी सार्दै आएको छ । 

 

चलचित्र नगरीको रुपमा  बोर्डले सुन्दर नगरी पोखरालाई चलचित्र नगरी बनाउने भनेर केहि समय अगाडी योजना समेत बनाएको थियो । चलचित्र नगरीका लागि आवश्यक स्रोत र साधनको अभावका कारण बोर्डको सो योजना कागजी पाना र भाषण मात्रै सिमित थियो । बोर्डको चलचित्र नगरीको महत्वकाक्षी योजना चलचित्र नगरीले भने बल्ल रुप पाएको छ ।

 

चलचित्र विकास बोर्डको चलचित्र नगरीको योजना वरिष्ठ कलाकार मदनदास श्रेष्ठको पहलमा दोलखा जिल्लाको लाकुरे गा.वि.स, खरिढुगां डाङडुङे डाँडाको वडा नं ८ र ९ मा हुने भएको छ । बोर्डको चलचित्र नगरीलाई सामुदायिक वन र लाकुरे वासीको समेत साथ मिलेको चलचित्र विकास बोर्डका प्रवता विकास आचार्यले फिल्मी खवरलाई जानकारी दिए । लगभग १५०० रोपनी रहेको सो स्थल चलचित्र नगरीको रुपमा विकास गर्नका लागि बोर्डले जिल्ला प्रशासन कार्यलय दोलखाबाट अनुमति समेत पाएको छ ।

 

चलचित्र विकास बोर्डको नाममा नामसारी गरिएको सो स्थललाई चलचित्र नगरीको रुपमा विकास गर्न चलचित्र विकास बोर्डले आवश्यक कार्ययोजना समेत बनाईरहको प्रवता आचार्य बताउछन् । चलचित्र नगरीको रुपमा विकास गर्न सो ठाँउ निकै उपयुक्त रहेकोले आफु कलाकार र जिल्ला वासी भएको नाताले पनि यस्तो सामाजिक कार्य गरेको वरिष्ठ कलाकार मदनदास श्रेष्ठको भनाई रहेको छ ।

 

चलचित्र नगरीको विकास लागि नेपालमा यस्ता थुप्रै ठाँउ रहेको र ति स्थललाई चलचित्र नगरीको रुपमा विकास गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने र नेपाल भुमिमा विदेशी चलचित्रको छायाँकनका लागि उचित गन्तव्य रहने उनको दावी रहेको छ । चलचित्र विकास बोर्डको यो योजनाले मुर्त रुप पाएसँगै चलचित्र नगरीको भव्य योजनाले नेपाली चलचित्रको विकास लागि निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरामा दुई मत नहोला ।

 

Most Visited News (monthly)