Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पण्डितले तत्सम भन्दा बाबु हेर्या हेर्यै

फिल्मीखबर, काठमाण्डौ, 2012/03/05

पुजाआजामा त अभिनेता बाबु बोगटी धेरै पटक सरिक भएका होलान् तर सोमबारको बिशेष पुजाआजामा पण्डितले घण्टौं सम्म संस्कृत उच्चारण गर्दा बाबु टवाल्ल परिरहे ।
 

'माई भ्यालेन्टाईन' को शुभसाईत समारोहमा खालि पेट पुजामा सहभागी बाबु पण्डित बाजेले बोलेका कुरालाई निकै चाख दिएर सुनिरहन्थे । पण्डितको ईशारमा निर्देशक सुरज सुब्बाले फुलपातिलाई जहाँ राख्न भन्थे त्यही राख्थे तर बाबु पण्डितको बोलीमा लडबडाउदा केही असहज महसुस गरिहन्थे  ।

 

चैत्रको अन्तिम सातादेखि फलोरमा जाने तयारीका साथ शुभसाईत गरिएको सिनेमा 'माई भ्यालेन्टाईन' मा प्रमुख कलाकार बाबु पण्डितको विभिन्न कृयाकलापबाट अचम्मित मात्र हैन जव तत्सम भन्दै पण्डितले उनलाई केही अराउथे तव उनी के गर्ने भन्दै पण्डितको उक्त वाक्यमा हेर्‍या हेर्‍यै हुन्थे ।



एक दशक यता सिनेमाको प्रोष्टप्रोडक्सन गर्दै आएको सफट ईमेज कम्पनीले आफ्नो ब्यानरबाट पहिलो पटक निर्माण गर्न लागेको उक्त सिनेमा पूर्ण रूपमा प्रेमकथामा केन्द्रित हुनेछ । जहाँ  फेसबुक डेब्यू हिरो स्वतन्त्रप्रताप शाह, नीता ढुङ्गाना र निशा अधिकारी पनि प्रमुख भूमिकामा रहने बताईएको छ ।

 

दुई सिनेमा फेसबुक र सायद रिलिजको लिष्टमा रहेको सुब्बाको यो सिनेमाको ९० प्रतिशत छायाकंन चितवन र बाँकि काठमाण्डूमा गरिने प्रस्तुतकर्ता सुशिल श्रेष्ठले जानकारी गराए । सिनेमालाई निर्देशक सुब्बा क्याम्पका सिनेमेटोग्राफर सञ्जय लामाले खिच्ने छन् भने संगीत सुमम पोखरेलको छ । कथा, पटकथा तथा संवाद निर्देशक सुब्बाकै रहेको छ ।

 

Most Visited News (monthly)