Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्मा स्लो भईन् (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2012/03/01

अभिनेत्री करिश्मा मानन्धर आफू भन्दा आधा उमेरका हिरोईनको तुलनामा अझै डिभा देखिन्छन् । हुन त परिस्थीतलाई बुझेर करिश्माको जस्तो गेटअप गर्ने हिरोईन अहिले सम्म जन्मिएका छैनन् भन्दा अत्तियूक्ति नहोला  ।

 

कहाँ कस्तो गेटअपमा आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने बिषयमा पूर्ण जानकारी राख्ने करिश्मा दुई अभिनेत्रीको भीडमा आफ्नो सुन्दरालाई अग्रपङिक्तमा राख्न सक्षम भएकी थिईन् तर आफूले आफूलाई जति मेन्टेन गरे पनि करिश्माको उक्त मेन्टेनमा अब उमेरको प्रभाव देखिन थालेको छ । उमेर ढल्किएसंगै करिश्मा अब स्लो हुन थालेकी छिन् ।

 

हेयर ड्रेसर लोकेश थापाको पार्लर उद्घाटनमा जव करिश्मा चिफ गेष्ट भईन् तव रिवन काट्ने गेष्ट बनेर आएका अन्य दुई अभिनेत्रीले उनलाई उछिनेपछी उनी स्लो भएको थाहा भएको हो । काम गराईमा उमेर हावी भएपछी करिश्मालाई रिवन काट्न समस्या परेको फिल्मीखबरले अनुमान लगाएको छ । जव रेडी वान टू थ्री भन्दै रिवन काट्ने प्रयास गरियो तव करिश्माले आफ्नो कैचीले रिवन काट्न सकिनन् । एक छेउमा ऋचा र अर्को छेउमा संचिताले आफ्नो भागको रिवन काटे पनि उनको भागको रिवनको टुक्रा उनको कैचीमै अड्कियो ।

पछिल्लो समय रिवन काट्ने विभिन्न समारोहमा निकै देखिन थालेकी करिश्माको बुधबारको रिवन कटाई सय भन्दा बढि नम्बरमा पर्छ तर आफू भन्दा कम उमेरका दुई हिरोईनको हात छिटो चलिदिएपछी करिश्माले रिवन काट्न सकिनन् । यध्यपी आफ्नो भागको रिवन काट्न नपाएपनि कुनै समयका आफ्नो चुजी हेयर ड्रेसर लोकेश फिल्म लाईनमा फर्किने सम्भावना देखेपछि उनी हर्षित भएकी थिईन् ।

 

करिश्मा मिनि स्कर्टमा आएकी थिईन् भने ऋचा वान पिसा गाउन र संचिता सारीमा आएकी थिईन् । भखैरै आमा भएकी संचिता र हुनेवाला आमाको बीचमा करिश्माले फोटो पोज दिदा सञ्चारकर्मीबाट सोधियो तपाईलाई फेरी मम्मी हुने रहर जागेको छ कि छैन ? अनि करिश्माले उत्तर दिईन्, 'भो बाबा मलाई चाहिदैन ।' करिश्माको १६ बर्षे एक मात्र छोरी कविता छिन् ।


 

Most Visited News (monthly)