Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको सप्राईज बर्थ डे

फिल्मीखबर, काठमाण्डौ, 2012/02/27

चलचित्र 'मेरो बेस्ट फ्रेण्ड' डेब्यू नायिका प्रियंका कार्कीले आज आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् तर कसरी मनाउँदै छिन् उनी आफैलाई थाहा छैन । किनकी उनका नजिकका दुई साथी रिसान्त र सायलले सप्राईज बर्थ डे पार्टीको आयोजना गर्दैछन् ।

 

प्रत्येक बर्ष आफैले बर्थ डे मनाउँदै आएकी प्रियंकाले यस पटक २५ औं जन्मदिन भएकाले साथीहरूले सप्राईज बर्थ डेको आयोजना गर्न लागेको बताईन् । उनले भनिन्, 'बर्थ डे पार्टीको आयोजना हुँदैछ भन्ने हिन्ट्स त पाएकी छु तर के कस्तो हुन्छ भन्ने कुराको ज्ञान छैन । उनीहरूले मलाई ठूलै सप्राईज दिन लागेको जस्तो छ ।'

 

भर्खरै मात्र चलचित्र 'थ्री लभर्स' को सुटिङ सकेर 'धुँवा' को तयारीमा रहेकी यि सुन्दर नायिकालाई सोफीले स्पेसल बर्थ डे मेकअप गर्दिदै छिन् भने लाजिम्पाटमा रहेकी ड्रेस डिजाईनर सुभेच्छा बदेलले स्पेसल बर्थ डे ड्रेस डिजाईन गर्दिएकी छिन् । यस पालीको बर्थ डे बिशेष रहने बताउँदै प्रियंकाले पार्टीमा नजिकका साथीहरूको बिशेष जमघट हुने बताईन् ।

 

अमेरिकामा रहेका आफ्नै भाईले पहिलो पटक जन्म दिनको शुभकामना दिएको बताउने प्रियंका अहिले फोन उठाउनमा व्यस्त छिन् । यस्तै उनका फेसबुकका वालहरू पनि बर्थ डे विसले भरिएका छन् । छोटो समयमा नै मिडियामा निकै चर्चा पाएकी यि मिस टिन नायिकालाई फिल्मीखबरको तर्फबाट पनि जन्मदिनको शुभकामना !

 

Most Visited News (monthly)