Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरालाई हिरो बनाएर आफू निर्देशक बन्ने भुवनको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/02/23

फागुन १९ गतेदेखि 'साथी म तिम्रो' रिलिज हुदैछ । जहाँ भुवन केसीका छोरा अनमोलले एउटा गीतमा केमियो भूमिका निर्वाह गरेका छन् । प्लस टू अध्ययनरत १७ बर्षे अनमोललाई भुवनले हिरो बनाउने सोच पहिला देखि नै बनाएका थिए जसका लागि उनले बर्षौं कुर्नु पर्‍यो । सायद त्यहि भएर होला भुवनको प्रतिक्षाको घडी अब समाप्त भएको छ र आफ्नो सपना छोरो अनमोलले पुरा गर्दैछ ।


बिहिबार 'साथी म तिम्रो' को म्यूजिक लन्चमा भूवनले छोरा अनमोललाई साथी म तिम्रोमा केमियो गराउनुको रहस्य खोल्दै भने, 'अनमोललाई हिरो बनाउने उद्देश्य अनुरुप यो सिनेमामा अनस्क्रिन छोटो भूमिकामा डेब्यू गराएको हुँ । आगामी मेरा प्रोजेक्टमा अनमोललाई म हिरो बनाउने छु र सो सिनेमालाई म आफै निर्देशन गर्ने सोच बनाएको छु ।' सम्भवत एक बर्ष पश्चात निर्देशकको ट्याग सहित भुवनले सिनेमा निर्देशन गर्ने संकेत गरेका छन् ।


फिल्मीखबरसंग छुट्टै कुरा गर्दै अनमोलले आफ्नो पनि सानै देखि फिल्म खेल्ने ईच्छा रहेको तर पर्फेक्ट नहुदा बल्ल समय आएको भन्दै फिल्म खेल्न ईच्छुक रहेको बताए । यध्यपी प्लस टूको पढाई सक्न उनलाई अझ एक बर्ष लाग्ने हुदा यो समयावधिभर हिरोका लागि हुन पर्ने सम्पूर्ण गुण सहित आफु सिनेमा मार्केटमा आउने अनमोलले बताए । अनमॊलले भने, 'लुक्सको हिसावमा सवैले राम्रो भनिरहनु भएको छ त्यसैले फाईट र डान्समा पनि पर्फैक्ट भएर म आउने छु ।'  कार्यक्रममा संगीतकार चेतन सापकोटाको ७ बर्षे छोरा शिर्षक प्रमुख अतिथि हुदै म्यूजिक लन्च गरिएको थियो ।


शिर्षक 'साथी म तिम्रो' को प्रमुख कलाकार हुन् । साथमा अभिनेत्री रेखा थापा, भुवन, अनमोल र बरिष्ठ पत्रकार बिजय रत्न तुलाधारले म्यूजिक सिडी लन्च गरेका थिए । कार्यक्रममा साथी म तिम्रोको नयाँ प्रोमो पनि देखाईयो । यस्तै सिनेमामा सिनेमा भित्रको कथा समेटिएको उक्त चलचित्रमा हस्ती कलाकारहरुको केमियो सट पनि प्रोमोमा देखाईएको थियो ।

 

शिव श्रेष्ठ, राजबल्लभ कोईराला, निरज बराल, उषा पौडेलका दृश्यले फिल्ममा राम्रै खुराक रहेको पनि आकलन काटिएको छ । काजोल फिल्मसको पाँचौ प्रस्तुती उक्त सिनेमालाई शिव रेग्मीले निर्देशन गरेका हुन् जहाँ ऋचा घिमिरे पनि छिन् ।



निर्देशक रेग्मी पितृशोकमा गृहनगर चितवनमा रहेका कारण उनी उपस्थित हुन सकेन
न् भने प्रेगनेन्ट अवस्थामा रहेकी ऋचाको पनि उपस्थिति थिएन । कार्यक्रममा रेखाले हरेक दृष्टीकोणबाट सिनेमा उत्कृष्ट रहेको दावी गरिन् । रेखाले   विशेष गरी सिनेमा सुटिङ गर्दा पाँच बर्षको उमेरका बालक शिर्षकको अभिनयबाट आफु नतमष्तक रहेको बताईन् ।