Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायाज बार सुरू

फिल्मीखबर, काठमाण्डौ, 2012/02/20

अन्तत: दिनेश डिसीले बोलेको कुरा पुर्‍याई छाडेका छन् । विगत दुई बर्षदेखि नयाँ फिल्म मायाज बार बनाउने भन्दै हिडेका डिसीले शिवरात्रीको दिन देखि उक्त फिल्म निर्देशन सुरू गरेका हुन्

 
सर्न्दर्भ पनि कस्तो मिलेको भाङ धतुरो प्रेमी देवता शिवको विशेष दिन शिवरात्रीको यो अबसरमा शिव प्रति समर्पित गर्दै उनले मदिरा प्रेमीहरूको जग्सनमा आधारित सिनेमा मायाज बार निर्देशन सुरू गरे । सावधान निर्देशनको चार बर्ष श्चात पुनः फिल्म निर्देशनमा फर्किएका डीसीले यो कम्ब्याक उपलब्धी मुलक हुने विश्वास ब्यक्त गरेका छन् ।  
 
'चार बर्षको  अवधिमा जति पनि नयाँ प्रविधि भित्रिए सोही अनुरूप ती सामग्रीको प्रयोग उचित र फरक ढङ्गमा गर्ने प्रयास स्वरूप आजदेखि स्पटमा गएको हुँ', सिंहदरवार भित्रको सुटिङ सेटबाट उनले जानकारी गराए । पैतालिस दिने सेडुलमा निस्किएको मायाज बारको पहिलो दिनको सुटिङमा राजेश हमाल र निशा अधिकारीको सिन रहेको उनले जानकारी गराए ।  
 
राजेश यो सिनेमामा खलनायकको भूमिकामा रहेको पनि डीसीले जानकारी गराए । सुनिल मानन्धरले निर्माण गर्ने मायाज बारमा हमाल बाहेक करिश्मा मानन्धर र डेब्यू गर्दै गजित बिष्टले हिरोको ट्याग भिर्दैछन् । सिनेमा कत्तिको  रिच हुनेछ भन्ने प्रश्नमा उनले भने,  'मेरो फिल्मको अधिकाशं सिन सेटमा आधारित हुने छ जसका लागि सानो सेटका लागि पनि विना कम्प्रमाईज काम  गर्ने योजना बनाएका छौ । हेलिकप्टरको सिन पनि त्यतिकै छ । त्यसैले सिनेमा रिच हुने छ'
 
यसैगरी कुसुमे रूमाल-२ निर्देशन गरे यता सुस्ताएका निर्देशक निरक पौडेल पनि आजदेखि आफ्नो दोस्रो सिनेमा होमवर्क निर्देशनका लागि कस्सिएर लागि परेका छन् । निरकले होमवर्कका लागि गीत रेकर्डिङ कार्य आजदेखि सुरू गरेका छन् । 
 
Most Visited News (monthly)