Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के-के गर्छन् शोभित ?

फिल्मीखबर, काठमाण्डौ, 2012/02/19

शोभित  बस्नेतलाई के-के भनेर सम्बोधन गर्ने ? उनको बिषयमा कहिले काही मिडिया आफै कन्फ्यूजमा पर्छ । खिचडी पकाउनका लागि जसरी दाल चामल, घ्यू आवश्यक पर्छ सोही अनुरूप एउटा फिल्म निर्माणका लागि आवश्यक पर्ने सवै बिषयमा उनी जानकार हुँ भनी अगाडी देखा पर्दा यो बिषयले उनी बेलाबेलामा आलोचित पनि बन्ने गर्छन् ।

 

कुनै समय नाच्नमा पारङगत शोभित  सिने उद्योगमा छोटो समयमा धेरै सिनेमा निर्देशन गर्ने निर्देशकले परिचित छन् । जस अनुरूप यिनले बार्षिक तीन वटा सम्म सिनेमा निर्माण गरिरहेका छन् । तर सोभितको यो रफ्तार अझै बृद्धि हुँदै उनको सिनेमा निर्देशन संख्या यो बर्ष चार पुगेको छ ।  त्यसैले यो बर्षको चौथो नम्बरको सिनेमा 'जाऊ हिड पोखरा' को आईतबार शुभमूर्हतसंगै गीत रेकर्डिङ सुरू गरेका शोभितलाई फिल्मीखबरले तपाई मेसिन नै हो त भनी प्रश्न गर्दा उनले भने, 'म मेसिन चाहि हैन समय बुझेर सिनेमा बनाउने निर्देशक चाहि हुँ ।'

 

केही साता भित्रै फ्लोरमा जाने तयारीका साथ आईतबार देखि गित रेकर्डिङ सुरू गरेका बस्नेतले यो पटक २५ बर्षे साउन्ड ईन्जिनियर अमित श्रेष्ठलाई आफ्नो फिल्मबाट संगीतकारमा डेब्यू गराएका छन् । 'यो स्टूडियोमा काम गरिरहदा उहाँमा मैले टयालेन्ट देखें र मैले दिएको कन्सेप्टमा सोचे भन्दा राम्रो काम गरेपछी उहाँलाई संगीतकार लिने निर्णय गरेको हुँ',  बागबजार स्थित सिने जोन स्टूडियोमा शोभितले भने ।

 

सिङगापुरबाट म्यूजिक टेक्नोलोजीमा ब्याचलर्स गरी  सिने उद्योगमा भित्रिएका २५ बर्षे अमितले छोटो अवधिमा करिब एक दर्जन चलचित्रमा आफ्नो काम देखाईसकेका छन् । उनले तुलसी घिमिरेको महत्वाकांक्षी प्रोजेक्ट मृगतृष्णामा पनि काम गरिसकेका छन् । 'जे सोचेर यो क्षेत्रमा पाईला बढाएको थिएँ आज पूरा भयो । त्यसैले आज म  धेरै खुसी छु', संगीतकारको ट्याग औपचारिक रूपमा भिरेपछी अमितले खुशी ब्यक्त गरे । शोभितले यो बर्ष बरदान, प्लान र दुलही रानीको प्रोष्टप्रोडक्सन सिध्याएर 'जाऊ हिड पोखरा' निर्देशन तयारी गरेका हुन् । चलचित्रका लागि आवश्यक कलाकार छनौट हुन बाँकी छ । 


 

Most Visited News (monthly)