Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाईल्याण्डमा प्लान शोका लागि मुकेशको प्रयास सफल

फिल्मीखबर, काठमाण्डौ, 2012/02/16

नयाँ बर्ष २०१२ को पूर्वसन्ध्यामा थाईल्याण्ड घुम्न गएका बेला नेपाली सिनेमाको बजार खोजेका अभिनेता मुकेश ढकालले आफ्नो सक्रियतामा थाईल्याण्ड बासी नेपालीमाझ प्लानको बिशेष शो गर्ने भएका छन् ।


सोभित बस्नेत निर्देशित २३ औं सिनेमा 'प्लान' मा मुकेश लिड रोलमा छन् जसअनुरूप अर्न्तराष्ट्रिय सिनेमा बजारको प्रयास स्वरूप प्लान लिएर उनी भोली शुक्रबार थाईल्याण्ड जादैछन् । मुकेशको साथमा निर्माता मञ्जिल श्रेष्ठ पनि थाईल्याण्ड जाने छन् र नेपाली सिनेमाको ओभरसिज मार्केट र नियमित प्रदर्शनका बिषयमा भावी योजना बनाउने छन् ।

 

'पहिलो प्रयास सफल भयो धेरै खुशी लाग्यो', मुकेशले भने, 'यस अघि नेपाली सिनेमा प्रदर्शन हुँदा सहकार्य गर्ने संस्थासंग पर्सेन्टेज विवाद रहेको पायौ तर हामीले नाफाको ५० पर्सेन्ट बाँढेर लिने सहमति गरेपछी त्यहा रहेका नेपालीहरू उत्साहित हुदै प्लानको शो गर्न लागेका हौं ।' डेढ  दशक फिल्म करिअरमा पहिलो पटक आफूद्धारा निर्देशित सिनेमा विदेशमा रिलिज हुने भएपछी निर्देशक बस्नेत पनि दङ्ग छन्  । फिल्मीखबरसंगको कुराकानीमा उनले भने, 'डिजेहरूको कथामा आधारित यो सिनेमा बनाउन निकै मिहिनेत गरेको थिएँ त्यसको प्रतिफल आज पाउँदैछु ।' 

 

केही साता अघि काठमाण्डूमा रहेको एक बृद्धाश्रम सहयोगार्थ आयोजना गरिएको  एक दिने च्यारिटीबाट प्लानले तीन लाख कलेक्सन गरेको थियो । जस अनुरूप आगामी दिनमा देशभरिका विभिन्न स्थानमा प्लानको च्यारिटी शो हुने निर्माता श्रेष्ठले जानकारी गराए । यस्तै मञ्जिलका अनुसार प्लान लिएर उनी यहि महिनाको अन्त्यमा दुवई पनि जादैछन् जहाँ फिल्मकी हिरोईन रागिनी खड्गी, निर्देशक र मुकेश उनको साथमा हुने छन्  । प्लान शिवरात्रीको अबसरमा थाईल्याण्डका तीन ठाँउ बैङकक, फुकेट र पटायामा प्रदर्शन हुनेछ ।

Most Visited News (monthly)