Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 0.00/5.00)
Text size:-
+
-

अञ्जुसंग राजेश पायलको मित्रता सकियो !

फिल्मीखबर, काठमाण्डौ, 2012/02/11

सागर सरी चोखो माया तिमीलाई दिउँला...

 
शिलशिला फिल्ममा अञ्जु पन्त र राजेशपायल राईले गाएको यो गितमा आधारित भएर अब उनीहरूको मित्रतालाई ब्याख्या गर्ने हो भने सागर सरी उनीहरूको मित्रता अब खोल्सोमा परिणत भएको छ ।
 
हुन त ओरालो लागेको मृगलाई बाच्छाले समेत  खेद्छ भन्ने उखान  अहिले अञ्जुको हकमा पनि लागू हुन्छ । सायद त्यहि भएर राजेशपालले फोन संवादमा कसैसंग ब्यग्य हान्दै भन्दै थिए, 'अञ्जु जस्तो ठूलो मान्छेले अब हामी जस्तो सानो तिनो मान्छेसंग कहाँ गाउनु हुन्छ र ?'  पछिल्लो समय श्रीमानसंगको डिभोर्स पश्चात सुस्ताएकी कोकिल कण्ठी अञ्जु र राजेश पायलले दर्जनौको संख्यामा गीत गाए र त्यतिकै मात्रामा स्टेज पर्फमेन्स र विदेशी डायस्पोरा तताए । तर पछिल्लो समय  उनीहरूको गाडा मित्रतामा धमिलो पना आएको देखिएको छ । 
 
शनिबार साँझ कमलपोखरी  स्थित म्यूजिसियन रेकर्डिङ स्टूडियोमा भेटिएका राजेशपायलले कुनै महोत्सव आयोजकसंग फोनमा संवादमा कुरा गर्दा अञ्जुसंग उनको मित्रता धमिलिएको थाहा भएको हो । फोन संवादमा लाग्थ्यो राजेशपायल अञ्जुसंग असन्तुष्ट छन् र सोही कारण आयोजकलाई उनले अञ्जुसंगको गाउने संयूक्त प्रयासलाई घुमाउरो ढङ्गमा इग्नोर गरिदिएका हुन् ।
 
राजेश र अञ्जुले हाल सम्म करिब दुई दर्जन चलचित्रमा संयूक्त स्वर दिईसकेका छन् । भोकल किङ राई  र अञ्जुको डिमान्ड पनि अर्न्तराष्ट्रिय स्तरमा ज्यादा भईरहदा अचानक राईले अञ्जुको प्रतिको त्यस्तो टिप्पणी फोनमा गर्दा उनीहरूको मित्रतामा केही खटपट भएको अनुमान लगाउन सकिन्छ । 
 
राजेश पायल आजकाल प्रविशा अधिकारीसंग सिनेमा गायनमा ब्यस्त छन् । यस्तै राई आजकाल परिवर्तन पनि भएका छन् । करिब दुई  साता सम्म महानायक राजेश हमालको संगतमा पर्दा उनले कसरी बोल्ने, कस्तो खाने, मानिसहरूलाई कसरी ट्रीट गर्ने भन्ने बिषयको पनि राम्ररी जानकारी लिएका छन् । दमक देखि भारतको मेघालयसम्म कर्न्र्सटमा सहभागी मितज्यूसंगको संगतले राई परिवर्तन भएका हुन् ।
 
आजकाल उनी आफ्नो भोलामा धर्मका ग्रन्थ समेत बोकेर हिड्ने गरेको छन् । 'मितज्यूसंगको संगतले मैले धेरै कुरा सिक्ने मौका पाए त्यसैले एक शब्दमा भन्नु पर्दा एउटा कितावको ठेली बराबरको नयाँ कुराहरू मैले उहाँबाट पाए', राईले हमालसंगको दुई साता संगतको अनुभव सुनाए । सायद त्यहि भएर पनि होला महिलासंग फ्यामेलियर नहुने हमालको संगतले राईलाई पनि प्रभावित बनाएको र मिल्ने साथी अञ्जुसंग उनी टाढिन खोजेको ।