Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीको छोराको के च्यापियो ?

फिल्मीखबर, काठमाण्डौ, 2012/02/05

जव जव काजोल फिल्मसको ब्यानरबाट भुवन केसीको चलचित्र रिलिज हुन्छ तव–तव उनको फिल्मी झट्काहरूले सिनेमा उद्योग तताउन धेरै समय लगाउदैन ।


उत्कृष्ट फिल्म मेकरको पक्तिमा गनिएका भुवनको डेढ बर्षे पालो पर्खाईबाट सिनेमा रिलिज हुदैछ । मेघा प्रोजेक्ट भनेर विभिन्न एंगलबाट चर्चा चलेको भुवनको सिनेमा 'साथी म तिम्रो' फागुन १९ देखि देशभर रिलिज हुदैछ । प्रोमोशन स्वरूप फ्याकिएको ''हे माया तिमी भन्दा म पहिला मर्छु है..." बोलको गीतले चर्चा पाईरहेका बेला उनले नयाँ प्रोमो तयार गरेका छन् ।



अनलाईन दर्शकलाई मध्यनजर गर्दै उनले तयार गरेको 'साथी म तिम्रो' को प्रोमोमा एउटा यस्तो बाल संवाद प्रयोग गरिएको छ जसलाई हेर्दा दर्शक खित्का छाडेर हाँस्न बाध्य हुन्छन् । फिल्मीखबरमार्फत सार्वजनिक गरिएको प्रोमोमा सिनेमा प्रमुख कलाकार शिर्षक सापकोटा भुवनको छोरा  भएर अभिनय गरेका छन् । यसअघि फिल्मीखबरबाट सार्वजनिक गरिएको प्रोमोमा कुनै पनि संवाद प्रयोग गरिएको थिएन तर यसपटकको सार्वजनिक प्रोमोमा भने छुद्र भूमिकामा रहेका शिर्षकले भुवनसंग कस्तो संवाद गरेका छन् हेरौं ...

 

 

 

Most Visited News (monthly)