Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डूको बदलिदो तस्विरमा ललितकला अगाडी

फिल्मीखबर, काठमाण्डौ, 2012/02/01

अन्तत डेढ महिने लामो कसरत पश्चात द स्काई मुभिजले काठमाण्डू रिलिजको छेकोमा तय गरेको काठमाण्डूको बदलिदो तस्विर नामको अन्तर कलेज नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको बृहत कार्यक्रममा ललितकला क्याम्पसले प्रतियोगी एक दर्जन कलेजलाई उछिन्दै अग्रता हासिल गरेको छ ।

 

प्रतियोगितामा एक दर्जन कलेज सहभागी भए पनि फाईनल राउन्डमा ६ वटा कलेज बीच भएको लाईभ प्रतिष्पर्धामा ललितकलाले पन्ध्र हजार सहित प्रमाणपत्र र टर्फी आफ्नो पोल्टोमा पारेको हो । ललितकलाका विद्यार्थीहरूले प्रस्तुत गरेको मुक्तिको प्रकाश नामक शिर्षकको नाटकमा सम्पन्न परिवारको सन्तान अविभावकको हेरचाह विना कसरी कुलतमा फस्छ र परिणाम के हुन्छ भन्ने मुख्य सन्देश रहेको थियो जसलाई मनोरञ्जन विद्याका पाँच जुरीहरूले मन पराउदै उत्कृष्ट ठहराएका  हुन् । जुरीहरूमा राजेश हमाल, करिश्मा मानन्धर, नीर शाह, हरिहर शर्मा, तुलसी घिमिरे रंगकर्मी आषिष मल्ल थिए ।


फेसन शो सहित पेन्टिङ प्रदर्शनी समेत गरी आयोजना गरिएको उक्त कार्यक्रममा दोस्रो हुँदै रातो बंगला कलेजले १० हजार पुरस्कार पायो भने एस ईन्ष्च्यूट अफ मेनेजमेन्टले लोडसेडिङलाई ब्यग्य गर्दै देखाएको पिलपिल ब्ल्याक शिर्षको नाटकबाट पाँच हजार नगद सहित तेस्रो पुरस्कार हात पार्यो । उत्कृष्ट ठहरिएको नाटकको कथामा आधारित हुँदै द स्काई मुभिजले आगामी प्रोजेक्टमा उक्त कथा समेट्ने जनाएको छ । नाटक प्रतियोगीतामा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, जीवन लुईटेल लगायतका विभिन्न चलचित्रकर्मीको  पनि विशेष उपस्थिति रहेको थियो ।

 

रिलिज छेकोमा अमेरिकाबाट नेपाल आएका निर्माता बेन नविनले काठमाण्डूको स्क्रिप्ट सुन्ने वित्तिकै राम्रो लागेकाले फिल्म निर्माण गरेको बताए । अमेरिकामा समेत सुट गरिएको उक्त सिनेमा शुक्रबार देखि राजधानीका १७ सिनेमा घरमा लाग्दैछ । आकाश अधिकारी निर्देशित उक्त सिनेमामा काठमाण्डूमा घट्ने विविध घट्नालाई समेट्दै तयार गरिएको हो  । बिहिबार साँझ भब्य प्रिमियर शोको समेत आयोजना हुने तयारी गरेको स्काई मुभिजले आफ्नो सिनेमा हरेक पक्षबाट राम्रो भएको दावी गर्दै फिल्म नचल्ने हल्लाबाट नडराउने प्रतिक्रिया दिएको छ  । काठमाण्डू नेपालमा पहिलो पटक RED 4K क्यामेराले खिचिएको सिनेमा हो । जसकारण दृश्यका लागि मात्र पनि यो सिनेमा प्रतिक्षारत सिनेमा हो ।
 

यसैगरी चलचित्रको बारेमा प्रस्तुत गरिएको क्विजको गत अंकको कस्ले लेख्यो 'काठमाण्डू' ? भन्ने प्रश्नको सहि उत्तर आकाश अधिकारी भनि पठाउने पाठक मध्येबाट रामेश्वर खनाल बिजयी हुनु भएको छ । उहाँ भोली हुने सो चलचित्रको प्रिमियरमा सहभागी हुन पाउनु हुनेछ भने साथमा आकर्षक उपहार पनि पाउनु हुनेछ । चलचित्रको कथा आकाश अधिकारीले लेखेका हुन् भने पटकथा र संवाद सुरज सुब्बा नाल्बोको रहेको छ ।

 

Most Visited News (monthly)