Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशले बिबाह गरेर मात्र फिल्म बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/01/16

गत बर्षको चर्चित चलचित्र 'बाटो मुनिको फूल' का निर्माता राजेश घतानीलाई ज्योतिषले बिबाह पूर्व फिल्म बनाउँदा राम्रो नहुने बताईदिए पछि उनी बिबाहको तयारीमा जुटेका छन् । 'बितेका पल' चलचित्र निर्माणको तयारीमा रहेका राजेश यहि माघ ५ गते बिबाह बन्धनमा बाँधिदै छन् ।

 

पाँचथर रवि घर भएकी जीना रसाईलीसँग प्रेम बिबाह गर्न लागेका राजेशलाई ज्योतिष बोध प्रसाद मनालीले बिबाह गरेपछि आर्थिक कारोवार राम्रो हुने बताउँदै बिबाह पछि मात्र चलचित्र निर्माण गर्न आग्रह गरेका हुन् । बिबाह गर्ने उमेर पनि भएको थियो र प्रेममा पनि परेको थिएँ । 'समय यहि नै उचित जस्तो लाग्यो र बिबाह गर्ने तयारी गरें', राजेशले भने, 'घर परिवारको सहमतीमा नै बिहाब गर्न लागेको छु । भोज भने चलचित्र निर्माण क्रमका बेलानै खुवाउने सोच बनाएको छु ।'

 

बिबिएस पहिलो बर्षमा अध्ययनरत जीनासँगको सम्बन्धलाई फेसबुकले नजिक बनाईदिएको बताउँदै राजेशले एक बर्ष अगाडी देखिको आफ्नो प्रेम सम्झदैं भने, 'फेसबुक र फोनमा धेरै कुरा हुन्थ्यो तर प्रत्यक्ष भेट भने दुई महिना अगाडी मात्र भएको हो ।' हुनेवाला जीवनसंगिनी राम्रो स्वर भएको कुरा केहि दिन अगाडी मात्र सरप्राईज रूपमा थाहा पाएका राजेशले खुसी हुँदै भने, 'स्वर राम्रो रहेछ त्यसैले बितेका पलमा उनले एउटा गीत गाउने भएकी छिन् ।'

 

भर्खरै मात्र 'फेसबुक' को सुटिङ सकेका निर्देशक सुरज सुब्बाले निर्देशन गर्ने चलचित्र 'बितेका पल' सुरजले नै निर्देशन गर्ने चलचित्र 'मेरो भ्यालेनटाईन' पछि शुरू गर्ने राजेशको भनाई छ । त्यो बेलासम्म स्क्रिप्टमा समय दिन पाउने भएकाले पनि चलचित्र राम्रो बन्ने राजेश बताउँछन् ।

Most Visited News (monthly)