Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्द खाममा निलहरिको नाम !

फिल्मीखबर, काठमाण्डौ, 2012/01/15

चलचित्र बिकास बोर्डको रिक्त एक सदस्यका लागि निर्माता संघबाट एक प्रतिनिधि पठाउने बिषयको विवाद सोमबार टुङ्गो लाग्ने छ ।

 

प्रस्तावित केशव भट्टराई  र जयप्रकाश प्रसाद रिजालले बोर्डमा नजाने बताएपछी उक्त स्थानमा मौसमी मल्ल र निलहरी काफ्ले मध्ये कसलाई पठाउने भन्ने बिषयले निर्माता संघमा विवाद भएको थियो । तर फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सदस्य को पठाउने भन्ने बिषयको अन्तिम निर्णय गर्न अध्यक्ष राजकुमार राईलाई दिएको अधिकार अनुरूप उनले बोर्ड सदस्यका लागि निलहरिको पक्षमा निर्णय गरेको बुझिएको छ । 
 
काफ्लेको नाम सहितको बन्द खाम सोमबार सञ्चार मन्त्रालयमा पुग्ने छ । 'प्रस्तावित अन्य सदस्यले बोर्डमा नजाने बताएपछी मौसमी र निलहरि मध्ये  एकको नाम बन्द खाममा राखिएको छ  । त्यसैले कसको नाम सिफारिस गरियो भन्ने कुरा सोमबार मात्र थाहा पाउनु हुनेछ', फिल्मीखबरसंगको कुराकानीमा अध्यक्ष राईले भने । मौसमीलाई नियूक्त गर्न संघका पूर्व  अध्यक्ष युवराज लामाले राईलाई दवाव दिएका थिए भने जुनसुकै हालतमा निलहरिको पक्षमा निर्णय गर्न निर्माता रमेशजंग रायमाझीले राजकुमारलाई दवाव दिएको बुझिएको छ ।
 
तर पनि बन्द खाममा कसको नाम छ भन्ने बिषयको आधिकारिक जानकारी  सोमबार दिउसो मात्र थाहा हुनेछ । सिफारिस गरिएको नाम सार्बजनिक भए लगत्तै ती निर्माताले सोमबारबाट नै विकास बोर्डको जिम्मेबारी सम्हाल्ने छन् । यदि बोर्डमा निलहरि  आए अध्यक्ष  गणेश भण्डारीले उनलाई स्वागत नगर्ने बुझिएको छ ।