Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाटकमा काठमाण्डूको कथा खोज्ने कार्य जारी

फिल्मीखबर, काठमाण्डौ, 2012/01/12

द स्काई मुभिजले काठमाण्डूको एउटा कथामा फिल्म त बनायो तर कंक्रिडको जंगलले परिचित यो राजधानीमा त्यस्ता कथा असंख्य रूपमा अझै रहेको भन्दै उक्त मुभिजले विद्यार्थीको माध्यमबाट सुरू गरेको  काठमाण्डूको नयाँ कथा खोज्ने कार्य जारी रहेको छ । 

 
राजधानीका एक दर्जन कलेजका विद्यार्थीहरूको सहभागीतमा आयोजना भैरहेको नाटक खोज्ने कार्य अर्न्तगत बिहिबार सम्म आधा दर्जनभन्दा बढी कलेजको नाटक छनौट भैसकेको छ भने बाँकिको केही दिन भित्र छनौट सकिने उक्त मुभिजले जनाएको छ । रंगकर्मी बीरेन्द्र  हमालको संयोजकत्वमा जारी नाटक छनौट कार्यमा उत्कृष्ट सात नाटक माघको पहिलो साता सार्बजनिक गरिने छ । उक्त सात नाटकलाई माघ १८ गते भब्य कार्यक्रमका बिच प्रस्तुत गरिने छ ।
 
कार्यक्रममा सिनेमा संगीत र कला क्षेत्रमा  नाम कमाएका सेलिब्रेटीको उपस्थितिमा र्‍याम्प शो पनि गरिने छ । काठमाण्डूको कथामा आधारित भएर समाजलाई सन्देश दिने अन्तिम निस्कर्ष सहित विद्यार्थीहरूले बनाएका उत्कृष्ट तीन नाटक पुरस्कृत गरिने छ । 
 
 
माघ २० गते देखि देशब्यापी रिलिज हुन लागेको आकाश अधिकारी निर्देशित चलचित्र काठमाण्डूको रिलिज लक्षित गर्दै आयोजना हुने उक्त कार्यक्रमबाट पछिल्लो पुस्ताका युवा दर्शकलाई नेपाली सिनेमा प्रति रूची बढाउने उपयूक्त माध्यमको रूपमा स्काई मुभिजले हेरेको छ । 
 
 

 

Most Visited News (monthly)