Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिना हराएपछि ज्ञानेन्द्र चिन्तित

फिल्मीखबर, काठमाण्डौ, 2012/01/12

चलचित्र 'छबिलाल कन्जुस छैन' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमिना घिमिरे हाल सम्पर्क बाहिर रहँदा सोही चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा चिन्तित भएका छन् ।

 

माघ २० गते रिलिज हुन लागेको चलचित्रको पब्लिसिटीमा सुमिनालाई ल्याउने सोच बनाएका निर्देशक देउजाको सपना पूरा नहुने छाँट देखिएको छ । 'सुमिना अहिले मोबाईल अफ गरेर सम्पर्क बाहिर छिन् । कहाँ छिन् भन्ने कुरा पत्ता लागेको छैन', निर्देशक देउजा चिन्तित हुँदै भने, 'हामी कलाकार माथि लाखौं पैसा खर्च गरेर फिल्म बनाउँछौं तर उनीहरू रिलिजका बेला सम्पर्कमा नहुँदा निर्मातालाई ठूलो घाटा पर्न जान्छ । यो कुरामा कलाकारले बिचार पुर्‍याईदिन पर्छ ।'

 

चलचित्रका मुख्य कलाकार सुमन सिंह र निर शाह पनि व्यस्त हुनुले सोचे अनुरूपले चलचित्रको पब्लिसिटी गर्न नसकेको निर्माता संजय कुटु बताउँछन् । उनी भन्छन्, 'चलचित्रको बारेमा कलाकारले बोल्दिएनन् भने दर्शकलाई बिश्वास दिन हामीलाई गार्‍हो हुन्छ ।' तर चलचित्र राम्रो बनेकाले व्यापार राम्रो हुनेमा निर्माता कुटु ढुक्क छन् ।

 

भ्यालेनटाईनलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने सोच बनाउँदा बनाउँदै केहि दिन अगाडी नै दर्शक माझ आउन लागेको सो चलचित्रको भ्यालेनटाईन स्पेसल गीत प्रिमियर गरिएको छ । नायक सुमन सिंह र नायिका सुमिना घिमिरेले अभिनय गरेको सो गीतमा महेश खड्काको संगीत रहेको छ । बिबि मित्रको शब्द रहेको सो गीतमा प्रमोद खरेल र प्रबिसा अधिकारीको स्वर सुन्न सकिने छ ।

 

 

Valentine song (Premiere)

Most Visited News (monthly)