Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अञ्जुलाई के को सन्तुष्टी ?

फिल्मीखबर, काठमाण्डौ, 2012/01/08

डिभोर्स पश्चात गायिका अञ्जु पन्तलाई धेरै हाईसञ्चो भए जस्तो छ । कारण उनी निकै मोटाएकी छिन् । मोटाए पनि उनी पूर्व अवस्थाको झैँ राम्री देखिएकी छिन् । बागबजार स्थित सिने जोन स्टूडियोमा चलचित्र ज्वालाको गीत रेकडिङका क्रममा भेटिएकी अञ्जु विगत केही महिना यता देखिए भन्दा ज्यादै मोटाएकी छिन् । 

 
अञ्जुलाई स्टूडियोमा देख्नेहरूले समेत कति मोटाएकी भनेर विभिन्न प्रश्न पनि  गरेका थिए ।  तर उनको रेडिमेट जवाफ यस्तो  थियो, 'सायद जाडोको मोटो लुगाले होला ।''  साधारण पहिरनमा आएकी  उनलाई निर्माता तथा अभिनेता रोज राणाले अत्याधिक राम्री देख्दा अपकमिङ्ग प्रोजेक्ट ग्याङ्गस्टारका लागि  लिड रोलमा खेल्न प्रस्ताव  समेत गरेका थिए । तर अञ्जुले रोजको प्रस्तावलाई  बेवाष्ता गर्दै गीत चाहि कसले गाईदिन्छ भन्दै हिरोईनका लागि पछि निर्णय गर्ने प्रतिक्रिया दिईन्  । ग्याङस्टारको लागि हिरोईन नपाउदा रोजले यस अघि गायिका आस्था विलाई पनि हिरोईनमा एप्रेच गर्ने मुड कसेका थिए । 
 
 
नवनिर्माता हरि खनालको लागनीमा  ऋषि न्यौपानेले निर्देशन जिम्मा पाएका ज्वालाको तीन वटा गीत रेकर्ड गरिएको छ । जसमा जुना प्रसाई  र माण्डवी त्रिपाठीको साथमा अञ्जुको स्वर समावेश छ । यस्तै डेढ दशक अघि सगुन चलचित्रमा गाएको 'आगो लाग्यो दिलैमा दमकल बोलाईदेऊ..' बोलको गीत गाउने गायक थुप्तेन भुटियाले पनि उक्त चलचित्रका लागि गित गाउन भ्याएका छन् ।  उनलाई संगीतकार चेतन सापकोटाले पुनः चलचित्र गायनमा सक्रिय गराउने प्रयास स्वरूप उक्त चलचित्रमा गीत गाउने मौका दिएका हुन्  ।  
 
माघको दोस्रो सातादेखि छायाकंनमा जाने उक्त चलचित्रको काष्ट सेलेक्सन बाकी  रहेको निर्देशक न्यौपानेले जानकारी दिए । 'मेरा विगतका चलचित्र भन्दा पक्कै पनि यो चलचित्रमा फरक अनुभव दर्शकले पाउने छन्', पूर्ण विश्वासका साथ निर्देशक न्यौपानले  भने ।
 
 
अञ्जुको गायनकलाबाट फिल्म हिट बनाउने सोच बनाएका न्यौपानले समेत अञ्जुको बदलिदो चमकता देख्दा अचम्म मानेका थिए । के होला मोटाउनुको राज भन्ने फिल्मीखबरको प्रश्नमा अञ्जुले भनिन्, 'खुट्टा भाचिएका कारण तीन महिना देखि राम्ररी बाहिर हिड्न पाएकी छैन त्यसैले एक्सरर्साईज कम भएकाले मोटो जस्तो भएकी हुँ तर मोटाएकी चाहि हैन ।'
 
अञ्जुले डिप्लोम्याटिक जवाफ दिएपनि फारसी जस्ती उनका गालाले आफै पुष्टी गरिदिएको छ कि उनी साविकको भन्दा ज्यादै मोटाएकी छिन् । डिभोर्स पश्चात अञ्जु छोरीको साथमा काठमाण्डूको  स्वयम्भूमा बस्छिन् । 
 

 

Most Visited News (monthly)