Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

सुष्माको जवानी देखेर हात्ती तर्सियो

फिल्मीखबर, काठमाण्डौ, 2011/12/26

हट एण्ड बोल्ड हिरोईन सुष्मा कार्कीको मस्त जवानी देखेर जिब्रो नटोक्ने सायदै होलान् । एक बर्ष अघि रिलिज भएको चलचित्र ब्याच नम्बर १६ मा नेपाली चलचित्रका इतिहासमा हाल सम्मकै खरो किस सिन दिएकी उनी पछिल्ला समय बनिरहेका  मेघा प्रोजेक्टका सिनेमामा पनि आईटम हिरोईनको रूपमा डिमान्डेवल छन् ।

 
एउटा गीतका लागि समेत चर्को पैसा लिन थालेकी सुष्मामा बालापन ब्यबहारले बेला बेलामा चर्चा पनि पाईरहन्छ ।  कहिले उनी जानी-जानी चर्चाको बिषय बन्छिन् त कहिले अन्जानमै ।  र, यस्तै चर्चा योग्य बिषय उनी चितवन पुग्दा भयो । एक सताअघि एक म्यूजिक भिडियो छायाकंनका लागि चितवन गएकी सुष्माले हात्तीमाथि बसेर विभिन्न टेक दिईरहेकी थिईन् । जव उनी ड्रेस चेन्ज गरेर नारायणी नदीको छेउमा पुनः हात्तीमाथि बसेर विभिन्न मुडमा आफ्नो जवानी क्यामेरामा कैद गर्न लागेकी थिईन् तव उनी चढेको हात्तीलाई के भयो कुन्नी उनलाई  हात्तीले नारायणी नदीको चिसो पानीमा फ्याकिदियो ।
 
 
पुसको चिसो जाडोमा पानीमा भिज्दा हट नदीको  चिसोले भने खासै असर गरेन तर हात्तीको बज्र उफ्राइले उनको खुट्टामा चोट लागेको छ । अहिले उनी घरमै आराम गरेर बसिरहेकी छिन् । उनले भनिन् 'खासै त्यस्तो ठूलो चोट त हैन तर माथिबाट झर्दा अलिकति चोट लाग्यो तर   हात्तिले मलाई त्यस्तो गरे पनि सफारीको मज्जा छुट्टै थियो । '  
 

 

Most Visited News (monthly)