Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपक र दीपाको सामिप्यतामा कमी !

फिल्मीखबर, काठमाण्डौ, 2011/12/24

सफलताको शिखरमा पुग्न एक अर्काको साहारा बन्दै आएकी अभिनेत्री दीपाश्री निरौला र दिपकराज गिरीको सामिप्यतामा केही कमि देखिन थालेको फिल्मीखबरले महसुस गरेको छ । 


विगत अठार बर्ष देखि जोडीको रूपमा करिअर सुरू गरेका उनीहरू आजकाल संगै देखिदैनन् । देखिहाले पनि उनीहरूको निकटता बनावटी जस्तो देखिन्छ । विभिन्न  कार्यक्रममा सहभागीता जनाउनका लागि दुवैले निम्ता पाए पनि उनीहरू विगत केही  महिना यता संगै उपस्थित हुन छाडेका छन् ।  जुन निरन्तरता गत बुधबार 'द गेम' को प्रिमियरमा पनि देखिएको थियो भने शनिबार एक कार्यक्रममा पनि  उनीहरू संगै देखिएनन् । 

 

प्रिमियर शोमा दीपा भर्खरै किनेको नयाँ गाडीमा जयनेपाल हल पुगेकी थिईन् । तर मिडियाले घेरेपछी उनीहरू निर्मल शर्मा गैडासंगै बसेर फिल्म हेरेका थिए । गाडी किन्नु अघि दिपक जहाँ गए पनि दीपा संगै हुन्थीन् ।  यस्तै शनिबार काठमाण्डू मलमा 'किङपिङ ब्यूटी स्किन एण्ड हेयर सैलुन' को  उद्घाटनका लागि पार्लर सञ्चालक रञ्जु काफ्ले र जानुका ढुङगानाले उनीहरूलाई  डाकेका थिए तर दीपक उपस्थित नहुदा दीपा निरास भएकी थिईन ।  
 
निम्ता पाए पनि दिपक उपस्थित नहुदा सम्बन्धको दालमा केही कालो त छैन ?  भन्ने फिल्मीखबरको प्रश्नमा दीपाले भनिन्, 'त्यस्तो हैन तर पनि उ किन आएन मलाई थाहा भएन ।' दीपाले पार्लरको उद्घाटन निर्मल शर्मासंग मिलेर गरिन् । सिने सेलिब्रेटी लक्षित गर्दै खोलिएको उक्त सैलुनमा टेलिभिजन स्क्रिन आईकन दीपाले  आफ्नो कपाल समेत बनाईन् ।

भिसा प्रक्रिया नमिल्दा  डेढ महिनाको यूरोप भ्रमण स्थगित गर्दै  दश दिने जेनेभा भ्रमणबाट  केही दिन अघि स्वदेश फर्किनु पर्दा थप निरास देखिएकी दीपा दिपकले साथ नदिदा झन् निरास देखिन्थीन् । दर्शकले श्रीमान् श्रीमतीको ट्याग दिईसकेका यि अनस्क्रिन जोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ पछीको सवैभन्दा लोकप्रिय कलाकारको पंक्तिमा  पर्दछन् ।