Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्यानसंग डेटिङ गईन् केकी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/22

फिल्मीखबरको फोटो चिन्ने स्तम्भमा बिजयी भएका पदम पराजुलीसंग केकी अधिकारी आज डेटिङ गईन् ।

 

फिल्मीखबरले आयोजना गरेको भेटघाट कार्यक्रममा केकीका ग्रेट फ्यान पदमले आफ्नो ड्रिम हिरोईनसंग कफीको चुइष्की  लिन भ्याएका थिए भने आफ्ना बारेमा केकीलाई सवैकुरा शेयर गरेका थिए । यस्तै फ्यान पदमले केकीको अगामी भबिष्यको उज्जवल कामना गर्दै उनका हरेक सिनेमालाई नछुटाई हेर्ने  प्रतिबद्धता समेत ब्यक्त गरे ।

 
ब्यस्तताको बाबजुत करिब एक घण्टा आफ्नो शुभचिन्तकको लागि समय छुट्टयाएकी केकी बहिनी मालिकासंगै फ्यानलाई पुरस्कार प्रदान गर्न एक रेष्टूरा पुगेकी थिईन्  । फ्यान पदमले केकीलाई चकलेट गिफ्ट दिएका थिए भने बाल्यअवस्थाको आफ्नो  फोटो चिने बापत केकीले पदमलाई पुरस्कार स्वरूप उपहार दिएकी थिईन् ।
 
'ड्रिम  हिरोईनलाई भेटेपछी अत्याधिक खुशी लाग्यो', सोलुखुम्बु स्थायी निवासी हाल काठमाण्डौमा बस्ने पदमले भने ।  यस्तै केकीले मिडिया मार्फत  दर्शक र कलाकारको सम्बन्ध सुमधुर  गर्ने फिल्मीखबरको प्रयासलाई धन्यवाद दिदै फोटो स्तम्भलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताईन् ।