Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वदेश रिलिज अघि विदेशी फ्लोरमा इकु

फिल्मीखबर, काठमाण्डौ, 2011/12/17

इकुको अपार सफलता पछी 'इकु ब्याक अगेन' निर्माण गरेका शुलेमान शंकर इकुले उक्त चलचित्रलाई  स्वदेश रिलिज अघि विदेश रिलिज गर्ने बताएका छन् । 

 
चैत मसान्तको छेकोमा पर्ने विद्यार्थीको विदालाई लक्षित गरी  स्वेदश रिलिज गर्ने तयारीमा जुटेका इकुले सो विदा अघि विभिन्न मूलुकमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेका छन् । रिलिजको बिषयमा फिल्मीखबरसंगको कुराकानीमा इकुले भने, 'विदेशमा फिल्मको डिमान्ड ज्यादा भएकाले पैला बाहिरको काम सक्छु अनि मात्र नेपालको पालो ।'  उनका अनुसार नेपाल रिलिज अघि अष्ट्रेलिया, मलेसिया, दुबइ, इजरायल लगायतका मुलुकमा इकु ब्याक अगेन प्रिमियर हुनेछ । 
 
श्रीमती जयालाई समेत मुख्य भूमिकामा खेलाएका इकुले आफ्नो चलचित्रबाट बालबालिकाले भरपुर मनोरञ्जन लिने दावी पनि गरे । उनले इकुले इकु बाहेक अरू केही गर्न सक्दैन भन्ने कमेन्टलाई इकु ३ र कमेडी शैलीको अर्को चलचित्रबाट पुष्टी गरिदिने अठोट पनि ब्यक्त गरेका छन् ।  उनले भने, 'इकुले केही गर्न सक्दैन भन्नेहरूलाई मेरो आगामी फिल्मले गतिलो जवाफ दिने छ ।'
 
शुलेमानले आफ्नै प्रोडक्सनमा दुई वटा फिल्म निर्माण गर्ने तयारी गरेका छन् । सोसल ड्रामा शैलीको इकु ब्याक अगेन सागर लामिछानेको निर्देशनमा बनेको हो । चलचित्रमा क्याराभान अभिनेता थिन्ले लेन्डुप लामा, रवि डङगोल, विष्णु सापकोटा पनि मुख्य भूमिकामा छन् ।
 
यस्तै इकु सम्बन्धी एउटा खुशीको कुरा !  विवाह गरेको दुई बर्ष विताईसकेका इकुले आउदो बर्ष आफू स्मल इकुको बाबु समेत बन्ने बताएका छन् । उनले भने, 'यो फिल्मको रिलिज हृयाड्याक पहिला सकौ अनि म पनि परिवार विस्तार गर्न तर्फ लाग्ने छु ।'  उनले पहिलो चलचित्र इकुको एकाउन्न दिनको अबसर पारेर २०६६ साल असार १७ गते पोखराकी जयासंग विवाह गरेका हुन् ।

 

Most Visited News (monthly)