Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाचम्यान बन्दैछन् श्री

फिल्मीखबर, काठमाण्डौ, 2011/12/16

कहाँ भेटिएलामा सर्वाधिक   रूचाईएको जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले पुनः एक पटक हेर्न पाउने भएका छन् । 

 
अशोक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र 'वाचम्यान' मा श्री मुख्य भूमिकामा देखिदैछन् भने स्वेताले उनको साथ दिने छिन् । बलिउड स्तरको लगानीमा आगामी जनवरी २० देखि छायाकंनमा जान लागेको उक्त चलचित्रमा स्वेता र श्री बाहेक बाकी कलाकार र टेक्निसियन भारतको रहने बताएको छ ।
 
तीन दशक अघि केटी थापा नाम गरेका एक नेपालीले भारतमा भोग्नु परेका पिडा र त्यही पिडासंगै उनले नेपालीहरूको हितमा डनको रूप धारण गरेको बिषय चलचित्रको मुख्य कथा रहने श्रीले फिल्मीखबरलाई जानकारी दिए । उनले भने, 'डन भन्दैमा नेगेटिभ हैन राम्रो काम गर्ने ब्यक्ति हुनेछ जसले समाजमा नराम्रा काम गर्नेलाई सवक सिकाउने छ ।'  
 
कहाँ भेटिएला पछि श्रीमान-श्रीमती भन्ने चलचित्रमा पनि स्वेतासंग अभिनय गरेका श्रीले त्यस फिल्मबाट अपेक्षित प्रशंशा नपाए पनि वाचम्यानबाट भिन्न प्रशंशा पाउने विश्वास ब्यक्त गरे ।  उनले भने, 'सवै कुरा त अहिले भन्नु हुन्न  तर यो फिल्मको स्क्रिप्ट अत्याधिक राम्रो छ र मैले धेरै समय पछी राम्रो फिल्ममा काम गर्ने मौका पनि पाएको छु ।'  
 
भारतको मुम्बई, पुना, गोवा, दार्जिलिङ र काठमाण्डूका ग्रामिण भेगमा समेत छायाकंन हुने उक्त चलचित्रको प्रि-प्रोडक्सनको कामले अहिले तिब्रता  लिएको छ ।  वाचम्यानमा श्री र स्वेतालाई नै लिनुको कारण के होला भन्ने फिल्मीखबरको प्रश्नमा निर्माता समेत रहेका उक्त चलचित्रका निर्देशक अशोकले भने, 'कथामा उहाँहरू फिट हुन भयो त्यसैले लिएको हुँ अरू कुनै कारण छैन ।' 
Most Visited News (monthly)