Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुब्लाईछिन् निरूता

फिल्मीखबर, काठमाण्डौ, 2011/12/15

अभिनेत्री निरूता सिंह अस्वस्थताको बाबजुत 'द गेम' को प्रोमोशनमा सघाउन आज काठमाण्डू ओर्लिएकी छिन् ।  

 
एघार बजे भनिएपनि फ्लाईट डिले भएपछी उनी १ बजे मात्र त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल ओर्लिएकी थिईन् । निकै दुब्ली देखिएकी निरूताले दुब्लाउनु कारण बताउदै फिल्मीखबरलाई भनिन्, 'हेर्नुस  न यो माईग्रेनको कारणले म थलिए त्यसैले दुई सिनेमाको प्रोमोशनमा पनि आउन पाईन ।'  
 
उनी ५५ केजीको हाराहारीमा थिइन्  तर विरामी भएपछि अहिले उनको तौल ४६ केजी. भयो रे !  'तर पनि मलाई चिन्ता छैन किन म स्लिम देखिएको छु', उनले भनिन् ।  तौल घेटे पनि उनको सौर्न्दर्यतामा भने कुनै कमी देखिएको थिएन । 
 
 
पौष ८ गतेदेखि रिलिज हुन लागेको चलचित्र 'द गेम' को  प्रोमोशनका लागि मात्र काठमाण्डू आएकी निरूता फिल्म रिलिज भए लगत्तै मुम्बई  फर्कने योजनामा छिन् । यध्यपी केही प्रोड्यूसरहरूबाट फिल्म खेल्ने प्रस्ताव आएकाले तत्काल मुम्बई  फर्कने निर्णय पनि  केही दिनपछी  मात्र थाहा हुने उनले बताईन् ।
 
निरूतालाई रिसिभका गर्न 'द गेम' बाट अभिनेतामा डेब्यू गरेका विएन राणा, निर्माता बुनु बिष्ट, र मिडिया को-अडिनेटर दिनेश सिटौला एयरपोर्ट पुगेका थिए  । उनि  एयरपोर्टबाट सिधै  निर्माता श्रवण घिमिरेको निवास महाराजगञ्ज गएकी छिन् । उनी काठमाण्डू रहुञ्जेल त्यही बस्ने छिन् । 
 
 
 प्रोमोशनका लागि मात्र काठमाण्डू आएकी निरूता  आजको दिन रेष्टमा बस्ने छिन्  र भोलिदेखि द गेमको प्रोमोशनमा ब्यस्त हुने मिडिया कोअडिनेटर  सिटौलाले जानकारी दिए  ।