Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्यास घोषणा गरेकी नायिकाले बिहे गरिन्

फिल्मीखबर, काठमाण्डौ, 2011/12/13

एक महिना अघि फिल्मीखबर मार्फत अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् । 

 
 
धरानकी रैथानै अनुष्काले बुटवल स्थायी घर भएका र पछिल्लो समय अमेरिका बस्दै आएका युवकसंग गत मंसिर २२ गते  पारिवारिक सहमतिमा लगनगाठो  कसेको बुझिएको छ । मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी अनुष्काले इन्गेजमेन्ट र विहेका तस्बिरहरू फेसवुकमा सार्बजनिक  गरेकी छिन् । तर उनका पति को हुन्,  के गर्छन् भन्ने बारे खुलाईएको छैन ।  
 
 
करिब तीन दर्जन  म्यूजिक भिडियो खेले पश्चात तीन वटा चलचित्र समेत खेलेकी अनुष्काको तीनै चलचित्र प्रदर्शनको तयारी छ । उनलाई दीपक श्रेष्ठले  चलचित्र मजबुरबाट हिरोइनमा डेब्यू गराएका थिए । तर जति काम गर्दापनि मिहिनेत अनुसारको दाम नपाएको प्रति असन्तुष्टी जनाउदै उनले बाकी समय पढाईमा विताउने भन्दै अकस्मात सन्यास घोषणा गरेकी थिईन् ।
 
सन्यासको पछाडी केही  कारण रहेको भन्ने फिल्मी माहोलमा विभिन्न अनुमान चलिरहेका बेला उनी दुहली भएको खबर सार्बजनिक भएपश्चात   उनको सन्यासको प्रमुख कारण बिबाह नै  रहेको अनुमान लगाउन सकिन्छ । खैर अनुमान जेसकै होस विवाह बन्धनमा बाधिएकी अनुष्कालाई दाम्पत्य जिवनको शुभकामना !