मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भगवानसँग माग्दिन आफैं बुझेर दिनुहुन्छ : दिल श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2011/11/27

भगवान प्रति आस्था राख्नेहरू मायालु स्वाभावका हुन्छन् रे ! जस्ले भगवान प्रति आस्था राख्छ उसले कर्ममा पनि बिश्वास गर्छ रे ! हुन पनि हो जस्ले कर्म गर्छ उसले फल अवश्य पाउँछ ।

 

भगवान प्रति आस्था राखेर कर्ममा बिश्वास गर्ने व्यक्ति मध्येका एक हुन् नवनायक दिल श्रेष्ठ । दिलका अनुसार कर्ममा नै भगवानको वास हुन्छ रे ! त्यसैले पनि होला उनी भगवानको दर्शन त गर्छन् तर कहिल्यै केहि माग्दैनन् । भगवानलाई पूजा गरे पनि अहिले सम्म केहि वर नमागेको दिलको भनाई छ । उनी भन्छन्, 'म भगवानलाई धेरै मान्छु तर केहि माग्दिन । उहाँले आफै बुझेर दिनुहुन्छ ।'

 

आफैले निर्माण गरेको चलचित्र 'पर्खि राख है' को प्रोमोशनमा व्यस्त रहेका दिल शनिबार परिवारको साथमा मनकामना पुगे तर मनकामना मातासँग उनले केहि मागेनन् । मन्दिर पुगेर पनि चलचित्र सफल होस् भनि वरदान नमागेको भनि प्रश्न गर्दा दिल भन्छन्, 'अहिले सम्म मैले भगवानसँग केहि मागेको छैन । अर्को कुरा चलचित्र राम्रो बनाएको छु त्यसैले वरदान माग्नु पर्छ जस्तो लागेन । '

 

बाबुराम ढकालले निर्देशन गरेको चलचित्र 'पर्खि राख है' आउँदो शुक्रबार देशभरका अधिकांश सिनेमा हलमा लाग्दैछ । दिदी र दाजुभाईबीचको प्रेमलाई मुख्य विषय बनाइएको सो चलचित्रमा दिल श्रेष्ठको साथमा मुकेश ढकाल, संचिता लुईटेल, मेलिना मानन्धर, निश्तेज निरौला, शुरविर पण्डित, बिधा कार्की, मिथीला शर्मा आदि कलाकारको अभिनय रहेको छ ।