मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश भण्डारीले फिल्म बनाएको खुलाशा

फिल्मीखबर, काठमाण्डौ, 2011/11/27

दुई पटक चलचित्र विकास बोर्डका अध्यक्ष भईसकेका गणेश भण्डारीलाई धेरै चलचित्रकर्मीले भन्ने गर्थे अब तपाईले पनि फिल्म बनाउनु पर्‍यो ।  जवाफमा उनले भद्र भएर उत्तर दिने गर्थै, 'बेला आए पछी बनाईहाल्छु नि !' तर फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार गणेशले रिलिज हुन लागेको चलचित्र 'जलजला' मा लगानी गरेको खुलाशा भएको छ ।

 

राष्ट्रिय जागरण तथा स्वाभिमानको बिषयमा केन्द्रित रहेर २०६७ भदौ ९ गते शुभसाईत गरिएकॊ उक्त सिनेमामा भण्डारीले निर्देशक शिवजी लामिछाने र निर्माता काशिराम भुषालसंगको बराबर लगानीमा गरेको बताईएको छ ।  छायाकंनका लागि मात्र करिब ६० लाख खर्च भैसकेको भनिएको  उक्त चलचित्रको प्रोमोशन खर्च सहित प्रदर्शन मिति सम्म एक करोड बजेट  पुग्ने निश्चित छ । जस अनुरुप भण्डारीको भागमा करिब पैतिस लाख लगानी पर्ने देखिन्छ । 

 

यस्तै आफू निर्माता भएको खुलाशा नगर्न भण्डारीले चलचित्रको पोष्टरमा निर्माण संयोजक भनी आफ्नो नाम उल्लेख गरेका छन् । त्यसैगरी माओवादी नेता नन्दकिशोर पुन (पासाङ) को नाम पनि संरक्षक भनी उल्लेख गरिएको छ । तर पासाङले फिल्ममा लगानी गरेको हो वा हैन भन्ने कुरा बताईएको छैन । बोर्डका अध्यक्ष भण्डारीले चलचित्रमा लगानी मात्र गरेका छैनन् कि उनी बिशेष भुमिकामा प्रस्तुत पनि भएका छन् ।
 

एडल्ट (वयस्क) सर्टिफिकेट पाएको सो चलचित्रमा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ । चलचित्रमा चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यनिर्देशन र विष्णु कल्पीतको छायाँकन रहेको छ । माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुती चलचित्र 'जलजला' ले परिर्वतन र क्रान्तिको सन्देश बोकेको निर्माण पक्षले बताएको छ ।