मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फाल्गुन पाँचमा 'म' को संयोग

फिल्मीखबर, काठमाण्डौ, 2011/11/27

चलचित्र जुध्ने क्रम यथावतै रहने क्रममा आगामी फाल्गुन पाँच गते शुक्रबारको डेट माथि धेरै चलचित्रकर्मीको आँखा लागेको छ । सो समयमा आफ्नो चलचित्र चलाउन अहिले सम्बन्धीत निर्माता र  बितरकहरू  ब्यस्त भएर लागिपरेका छन् ।  

 

एकै सातामा तीन दिन लगातार  बिदा परेकाले सो समयमा  राम्रो कलेक्सन हुने आशले निर्माता तथा बितरकहरूको पहिलो रोजाई फाल्गुन ५ गते शुक्रबार परेको हो । मौसम पनि राम्रो हुने भएकाले उक्त डेटमा चलचित्र रिलिज गर्न हानथाप नै भएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार उक्त डेटमा तीन चलचित्र रिलिज हुने करिब करिब पक्का नै भईसकेको छ भने अन्य केहि चलचित्र पनि रिलिज हुने सम्भावना देखिएको छ ।

 

नायक दिलिप रायमाझीको ड्रिम प्रोजेक्ट चलचित्र 'मिस यू', गोपिकृष्ण मुभिजले निर्माण गरेको चलचित्र 'मायाको बारीमा' र प्रदिप उदयले निर्माण गरेको चलचित्र 'मालतीको भट्टी' फाल्गुन ५ गते रिलिज हुने भएका छन् । 'मिस यू' लाई डिसिएनले बितरण गर्दै छ भने 'मायाको बारीमा' गोपिकृष्ण च्यानल अर्न्तगतका हलहरूमा लाग्दैछ । यसैगरी 'मालतीको भट्टी' लाई सुनिल मानन्धरले बितरण गर्दैछन् ।

 

भ्यालेनटाईनको अवसर पारेर रिलिज हुन लागेका तीन वटै सिनेमा लभ स्टोरी श्रेणीका हुन् । संयोग नै मान्नु पर्छ प्रेमका बारेमा आ-आफ्नो परिभाषा बोकेर आउन लागेका यि चलचित्रको नामको शुरूको अक्षर 'म' बाट शुरू भएको छ । यसरी लामो बिदाको मौका छोपेर चलचित्र हिट बनाउने सपना देखेका तीनै चलचित्रका निर्माताहरूको सपना साकार होस् । शुभकामना !