मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेश बनाउदैछन् नयाँ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2011/11/26

लामो समयको ग्यापमा  निर्माण गरेको पछिल्लो चलचित्र दीपशिखाले अनपेक्षित धक्का पाएपछी सुस्ताएका निर्देशक नरेश पौडेल नयाँ चलचित्र निर्माण गर्न लागिपरेका छन् । 

 
 
फिल्मीखबरसंग कुरा गर्दै नरेशले आउदो माघको पहिलो सातादेखि नयाँ फिल्मको सुटिङ सुरू गर्ने बताए । अंग्रेजी टाईटलको उनको नयाँ चलचित्रको नाम फाईनल भैसके पनि दर्ता हुन बाकी रहेको भन्दै उनले चलचित्रको नाम सार्बजनिक गर्न चाहेनन् ।
 
आधुनिक नारीहरूको संघर्षको कथामा आधारित अपकमिङ प्रोजेक्टबाट नरेशले तीन नयाँ नायिकाहरूलाई एक साथ लन्च गर्दैछन् । जस अनुरूप एक नायिकामा सुस्मिता ढकाल फाईनल भैसकेकी छिन् भने बाकी दुईको टुंगो  केहि दिनमै लाग्ने नरेशलेले जानकारी दिए । नरेशले नै रेखा थापा, अरूणिमा लम्साल र पुजना प्रधानलाई हिरोईनमा डेब्यू गराएका हुन् । 
 
 
आफ्नै कथा रहेको उनको नयाँ चलचित्रमा स्क्रिप्टको जिम्मेबारी मौनता श्रेष्ठले पाएका छन् भने संगीतकारमा उनको प्यानल अर्न्तगतका चेतन सापकोटा अनुबन्धीत हुने लगभग पक्का भैसकेको छ ।  पछिल्लो समय डिजीटल फर्मयाटमा चलचित्र बनाउने क्रेज बढिरहे पनि सुपर सिक्सटीनमै फिल्म खिच्ने उनले जानकारी दिए । मेघा बजेटको नयाँ चलचित्रको छायाकंन पोखरा र चितवनका फ्रेस लोकेशनमा गर्ने नरेशको योजना छ ।