मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव र सुनिलको सम्बन्ध सम्धी

फिल्मीखबर, काठमाण्डौ, 2011/11/24

करिब दुई दशक अघि  'सम्बन्ध' भन्ने चलचित्रमा मामा भान्जा भएर  पहिलो पटक अभिनय गर्दा अभिनेता शिव श्रेष्ठ र  सुनिल थापाले एकले अर्कालाई साथीको रूपमा सम्बोधन गर्थे तर समयको परिवर्तन संगै यि दुईको सम्बन्ध अब साथीमा मात्र सिमित रहेन । किन कि यहि आउदो मंसिर १६ गते औपचारिक रूपमै शिव र सुनिल सम्धीको रूपले पनि परिचित हुदै छन् ।

 

मंसिर १६ गते शिवले छोरा शक्तिको लगनगाठो सुनिलको श्रीमतीको फूपूको नातिनी (नाता केलाउदा  सुनिलको छोरी पर्ने)  अन्ना सिहँसंग राजकीय शैलीमा कस्दैछन् । अष्ट्रेलियामा रहेका शिवका छोरा शक्तिले क्षेत्रपाटीकी रैथाने तर हाल अष्ट्रेलिया सिटिजनसिप होल्डर अन्नसंग प्रेम पश्चात अरेन्ज म्यारिज गर्न  लागेका हुन् । जुन विवाहको तयारीमा शिव अहिले निकै ब्यस्त हुन थालेका छन् ।

 

फिल्मीखबरसंग कुरा गर्दै शिवले भने, 'बिहेको लागि ब्यस्त छु त्यसैले अहिले अरू कुरामा त्यति फुर्सद  छैन ।'  सहकर्मी मात्र नभई पारिवारिक सम्बन्ध जोडिन लागेपछी गत मंगलबार सुनिल र शिवले भुवन निवासमा एकले अर्कालाई सम्धी भनेर सम्बोधन गरेका थिए । तर पछिल्लो समय सेडुल जुध्ने गरी करिब आधा दर्जन  फिल्ममा साईन गरिसकेका  अभिनेता थापा सुटिङका कारण बैबाहिक समारोहमा उपस्थित हुन नसक्ने लक्षण देखिरहेको बताउछन् ।

 

सुनिल र शिवले करिब  एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । यि दुईले पछिल्लो समय सोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र राजमा संगै अभिनय गरेका थिए तर दर्शकमाझ तुलसी घिमिरे निर्देशित चलचित्र चिनोबाट यि दुईको जोडी थप चर्चामा आएको थियो ।

 

स्मरणरहोस सुनिल र शिवको भनाई अनुसार  भारतीय फिल्ममा जमेका सुनिल थापालाई शिवले नै कलिउडमा प्रवेश गराउन बाध्य बनाएका थिए । जस अनुरूप चिनोमा राते काईलाको भूमिकामा सुनिलले अभिनय गर्न नमान्दा शिव अनुबन्धीत हुन लागेका थिए र पछी शिवकै दवावमा पुनः सुनिल थापा अनुबन्धीत भएका हुन् र अहिले पनि उनी सो चलचित्रमा निभाएको नेगेटिभ क्यारेक्टर राते  काईलाले परिचित छन् ।