मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्यास लिएकी छैन : सुमिना घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2011/11/24

एक पत्रिकाले चरित्रमा प्रश्न उठाउने  प्रकृतिको समाचार सार्वजनिक गरेपछी हिरोईन सुमिना घिमिरेले अभिनयबाट सन्यास घोषणा गरेको  खबरले गएको दुई साता राम्रै चर्चा पायो । मिडियामा यो बिषयले बहसपनि सृजना गराईदियो ।

 

यदि सुमिना गलत छैनन् भने उनले किन सन्यास लिने भन्ने कुरा प्रतिप्रश्न भएर उठे । जस अनुरुप  जुन पत्रिकाले उनको चरित्रमा दाग लगाउने गरी समाचार प्रकाशित गर्‍यो र  सोही मिडियाले हिजो बुधबारको अंकमा उनीप्रति लागेका विभिन्न आरोपको अर्न्तवार्ता सहित खण्डन पनि प्रकाशित गर्‍यो । जहाँ रिसको आवेगमा तत्काल आफूले फिल्म नखेल्ने भन्ने बिषयलाई मिडियाले गलत प्रचार बाजी गरेको सुमिनाले प्रतिक्रिया दिएकी छिन् र फिल्मीखबरसंग पनि कुरा गर्दै उनले भनिन्, 'मैले सन्यास लिएको छैन ।'


दुलही डेब्यू गर्ल सुमिनाले चलचित्र क्षेत्रलाई पूजा गर्ने भन्दै अध्ययनलाई अगाडी बढाउनु पर्ने भएकाले तत्कालका लागि छोटो ब्रेक लिएको बिषयलाई मिडियाले सन्यास भनी उल्लेख गरिदिएको प्रतिक्रिया दिईन् । उनले भनिन्, 'मलाई जुन क्षेत्रले परिचित बनायो त्यो क्षेत्रबाट म किन टाढिन्थे ?'  सुमिना अहिले स्नातक तह दोस्रो बर्षमा जनसंख्या र समाजशास्त्र बिषय लिएर पढिरहेकी छिन् ।

 

परीक्षा सकि लगत्तै आफू पुनः अभिनयमा सक्रिय हुने बताएकी छिन् । सुमिनाले अभिनय गरेको करिब एक दर्जन चलचित्र मध्ये दुई वटा चलचित्र 'दुलही' र 'किन मायामा' रिलिज भैसकेका छन् भने उनले पहिलो पटक क्यामेरा फेस गरेको चलचित्र 'छविलाल कन्जुस छैन' रिलिजको तयारीमा छ । सुमिनाले पछिल्लो पटक राजेश हमालका सेक्रेटरीले रोशन हमालले निर्देशन गरेको चलचित्र 'रंग' मा अभिनय गरेकी थिईन् । सोही फिल्मको सुटिङको रियुमरलाई एक पत्रिकाले विभिन्न कोणबाट समाचार बनाई प्रकाश गर्दा उनी  तनावमा परेकी थिईन् ।