मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन सिनेमाको प्रतिष्पर्धा

फिल्मीखबर, काठमाण्डौ, 2011/11/24

सदाका दिनमा जस्तै यो साता पनि तीन चलचित्र बिच व्यवसायिक प्रतिष्पर्धा हुँदैछ । दुई चलचित्र 'देवयानी' र 'मेरो माया तिमीलाई' राजधानीका सिनेमा हलमा प्रतिष्पर्धा गर्दैछ भने अर्को चलचित्र 'जब जब माया बस्छ' सँग पनि 'मेरो माया तिमीलाई' ले मोफसलका हलमा प्रतिष्पर्धा गर्दैछ ।

 

बिजय थापाले निर्देशन गरेको चलचित्र 'जब जब माया बस्छ' प्रेमकथामा आधारित छ भने बिजय बस्नेतले निर्देशन गरेको चलचित्र 'देवयानी' एक्सन श्रेणीमा केन्द्रित छ । यसैगरी योगेश घिमिरेले निर्देशन गरेको चलचित्र 'मेरो माया तिमीलाई' भने लागुऔसध बिरूद्वको कथामा आधारित छ । यि तीन चलचित्र मध्ये 'जब जब माया बस्छ' र 'मेरो माया तिमीलाई' आजै बिहिबारबाट मोफसलका हलमा प्रदर्शन भईरहेको छ भने राजधानीमा 'देवयानी' र 'मेरो माया तिमीलाई' शुक्रबारबाट मात्र प्रदर्शनमा आउने छ ।

 

डिक खड्काको प्रस्तुतीमा निर्माण भएको चलचित्र 'मेरो माया तिमीलाइ' मा शुशिल क्षेत्री, जेशिका खड्का, अनुप बिक्रम शाह, रबिन्द्र खड्का, रश्मी भट्ट, बालदिप राई लगायतले अभिनय गरेका छन् । यसैगरी मणिराम पौडेलले निर्माण गरेको चलचित्र 'जब जब माया बस्छ' मा रेखा थापा, जीवन लुईटेल, सरोज केसी लगायतले अभिनय गरेका छन् । यस्तै चलचित्र देवयानीमा निखिल उप्रेती, विमला केसी, दिलीप रायमाझी लगायतले अभिनय गरेका छन् ।