मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हावर्ड युनिभर्सिटीमा 'मसान' देखाईदै/सेलेवसमा राख्ने सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2011/11/24

केही साता अघि मद्रासमा भएको दुई दिने फिल्म क्रिटिक्स सोसाईटी अफ ईण्डिया सम्मेलनमा निकै तारिफ पाएको नीर शाह निर्देशित चलचित्र 'मसान' अमेरिकाको हावर्ड युनिभर्सिटीमा देखाईने भएको छ ।


रिमाल ईन्टरप्राईजका प्रमुख तथा मसानका निर्माता समेत रहेका अरुण रिमालको सक्रियतामा विश्वप्रख्यात उक्त युनिभर्सिटीमा 'मसान' देखाईन लागेको हो । यस्तै फिल्मीखबरसंग कुरा गर्दै  नीर शाहले 'मसान' लाई हावर्ड युनिभर्सिटीले आफ्नो सेलेवसमा समेत समावेश गर्न लागेको जानकारी दिएका छन् । जुन कुराबाट आफू निकै हर्षित भएको भन्दै उनले भने, 'हावर्डको सेलेवसमा मेरो सिनेमा पर्नु मेरा लागि ओस्कार अवार्ड जिते सरह हो ।'

 

नीरले भने झै हावर्डको सेलेवसमा मसान समावेश हुने भन्ने कुरा तत्काल फाईनल भैसकेको छैन ।  किन कि निवेदन दिएको खण्डमा हावर्डले विश्वका कुनै पनि सिनेमालाई एक पटक हेर्ने गरेको छ  र जायज लागेको खण्डमा उसले  सिनेमाको उचित मूल्याकंन गर्दै आफ्नो सेलेवस र  लाईब्रेरीमा  सुरक्षित गर्ने छ । पूर्वाञ्चलका केही थिएटरमा फिल्म रिलिज गरेर बुधबार काठमाण्डू फर्किएका शाहले हावर्डमा सिनेमा देखाउनका लागि अंग्रेजी सव-टाईललिङको अन्तिम कार्य पूरा भैसकेको जानकारी दिए । सवटाईटलको जिम्मा डा. संगीता रायमाझीलाई दिएको उनको भनाई छ । 

 

साहित्यकार गोपाल प्रसाद रिमालको नाटक 'मसान' मा आधारित उक्त चलचित्र आउदो पुष सात ( डिसेम्बर २२) गते बोष्टनमा रिलिज गरिने छ ।  चलचित्रमा राजबल्लभ कोईराला, केकी अधिकारी, नीता ढुङ्गाना लगायतका कलाकार प्रमुख भूमिकामा छन् । यस्तै शाहले थोरै स्थानमा आफ्नो फिल्म रिलिज भएपनि अमेरिकाको प्रदर्शन अधिकार बेचिसकेकाले  फिल्मले उचित रकम पाएको भन्दै लगानी उठिसकेको पनि जानकारी दिए ।