मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिक्न थाले मुकेश

फिल्मीखबर, काठमाण्डौ, 2011/11/23

तीन बर्षअघि टेलिचलचित्र 'करूणा' बाट अभिनय यात्रा सुरू गरेका नायक मुकेश आचार्य अहिले विकाउ कलाकारको रूपमा अगाडी आएका छन् ।

 
सर्लाहीका यि रैथाने नायकले म्यूजिक भिडियोमा पनि आफ्नो अभिनयलाई पस्किए लगत्तै  निर्माता निर्देशकको रोजाईमा उनी पर्न थालेका हुन्  । जस अनुरूप 'तिमी मात्र तिमी' बाट सुरू भएको मुकेशको फिल्मी यात्रा छोटो समयमै  सात वटा सम्म आईसकेको छ । यस्तै दुई वटा नयाँ चलचित्रमा उनले साईन पनि  गरिसकेका छन् ।
 
मुकेशले 'तिमी मात्र तिमी' पश्चात 'नाई नभन्नु ल',  'बसमा छैन यो मन', 'कोही त छ',  'म बिर्सु कसरी', 'सन्त्रास' र 'रंग' मा अभिनय गरिसकेका छन् । यस्तै उनले सोमबार मुहुर्त गरिएको शोभित बस्नेतको २४ औ चलचित्र 'दुलही रानी' मा पनि विशेष भूमिकामा पाएका छन् । सोभितको ब्यानरमा उनी  पहिलो पटक अनुबन्धीत भएका हुन् । 

 

यसैगरी मंसिरको अन्त्यतिर सुटिङ सुरू गरिने रोज राणाको मेघा बजेटको स्टाईलिस चलचित्र 'ग्याङस्टार' मा पनि उनी आठ नायकहरूसंगै देखिदैछन् । ग्याङस्टारमा उनले केही साता अघि साईन गरेका थिए । 'एउटा प्रोजेक्टमा काम सकिए लगत्तै कहि न कहिबाट प्रस्ताव जसकारण  पछिल्लो समय म खालि बस्नु परेको छैन',  फिल्मीखबरसंगको भेटमा मुकेशले भने ।
 
यस्तै ब्यस्त सूचिमा परेपछी अब तपाईको आफ्नो आफ्नो रेट पनि त होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले डिप्लोमेटिक उत्तर दिदै भने, 'नेपाली सिनेमाको मार्केट र विजनेसलाई हेरेर मैले आफ्नो रेट बनाएको छैन त्यसैले मेरो क्यारेक्टरलाई न्याय गरेर निर्माताले जति पारिश्रमिक दिनु हुन्छ म त्यसमा सन्तुष्ट छु ।' 
 
 
मुकेश केही महिना अघि रिलिज भएको चलचित्र 'म बिर्सु कसरी' बाट क्लिक भएका हुन् । जहाँ उनले नेगेटिभ रोललाई पूर्ण रूपमा न्याय गर्न सफल भएकाले उनी पनि बिकाउ कलाकारहरूको लिष्टमा थपिएका हुन्  कन्फीडेन्टका साथ उनी भन्छन्, 'जस्तो पनि क्यारेक्टरलाई न्याय दिने सोच अनुरूप यो क्षेत्रमा लागि परेको छु हेरौं सफलतालाई कत्तिको चुम्न सक्छु