मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशाका लागि चुनौती कि अवसर ?

फिल्मीखबर, काठमाण्डौ, 2011/09/14

पछिल्लो समयमा निर्माता तथा निर्देशकको पहिलो रोजाई बन्दै आएकी नायिका हुन् निशा अधिकारी । थोरै मात्र चलचित्रमा अभिनय गरेकी यि नायिका खास गरि युवापुस्ताको मनमा बस्न सफल छिन् । हरेक खाले भुमिका निर्वाह गर्न सक्छु भन्ने यि नायिका अहिले तीन चलचित्रका लागि फरक तीन भुमिका निर्वाह गर्दैछिन् ।


छायाँकनमा रहेको सुवर्ण थापा निर्देशित चलचित्र 'स्नो फ्लावर्स' मा निशाले समलिङ्गीको भुमिका निर्वाह गर्दैछिन् । त्यसैगरी सुरेश दर्पण पोखरेलले निर्देशन गर्ने चलचित्र 'थ्री लभर्स' मा निशा लभर गर्ल बन्दै छिन् । यो चलचित्रको छायाँकन तिहार पछि गरिंदै छ । यस चलचित्रमा त नायिका निशाले क्रियटिभ डाईरेक्टरको काम समेत गर्दैछिन् ।


चलचित्र 'मिशन पैसा' मार्फत निशालाई डेब्यू गराएका निर्देशक सिमोस सुनुवारले एक्सन प्रधान सिनेमाको निर्देशन गर्ने भएका छन् । 'मिशन पैसा रिलोडेड' नाम राखिएको चलचित्रमा निशा एक्सन गर्ल भएर देखिंदै छिन् । 'मिशन पैसा' मा सामान्य एक्सन गर्ल बनेकी निशाको कामबाट प्रभावित निर्देशक सुनुवारले यस पटक उनलाई पूर्ण एक्सन गर्ल बनाउन लागेका हुन् । यस बाहेक पनि निशा सुरज सुब्बाले निर्देशन गर्ने लभस्टोरी चलचित्र 'मेरो भ्यालेनटाईन' मा प्रमुख पात्र बनेर देखिने भएकी छिन् ।


यसरी छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी नायिका निशाका लागि यि तीन फरक भुमिका पक्कै पनि चुनौती बन्ने छन् । अब निशाले यो चुनौतिलाई कसरी अवसरका रुपमा प्रयोग गर्ने छिन् त्यो भने हेर्न बाँकि नै छ । अहिले भने उनलाई तीनै भुमिकाका लागि शुभकामना !