मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नोमिनेशनमा परेकालाई प्रमाणपत्र वितरण

फिल्मीखबर, काठमाण्डौ, 2011/01/12

छायाँछवि फिल्म फेस्टिभल अर्न्तगतको सम्झना डीजिटल फिल्म अर्वाडको नोमिनेशनमा परेका १६ डीजिटल चलचित्र र त्यस अर्न्तगतका प्राविधिक एवं कलाकारहरूलाई  प्रमाण पत्र वितरण गरिएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा डीजिटल फर्मयाटमा बनेका विभिन्न १६ चलचित्रबाट उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री,  निर्देशक, संगीतकार गायक गायिका छायाँकार लगायतका विभिन्न २५ विधाको मोननयनमा परेका चलचित्रकर्मीलाई प्रमाण पत्र वितरण गरिएको हो ।

 

अगामी शनिबार एक टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसारण मार्फत नतिजा सार्वजनिक गरिने उक्त अवार्डको नोमिनेशनमा उत्कृष्ट चलचित्र तर्फ आफ्नो मान्छे आफ्नै हुन्छ, दशगजा, हिफाजत, माया त माया हो र फष्टलभ रहेका छन् । यस्तै अभिनेता तर्फ राजेश हमाल, आर्यन सिग्देल, कर्म, विराज भट्ट र दिलिप रायमाझी रहेका छन्  । उत्कृष्ट अभिनेत्री तर्फ दुई  वटा फिल्मबाट  रेखा थापा, सञ्चिता लुइटेल, यूना उप्रेती र निशा अधिकारी छन् ।

 

साथै उत्कृष्ट  निर्देशक तर्फ ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, दयाराम दाहाल, सिमोस सुनुवार र आलोक नेम्बाङ्ग रहेका छन् । स्क्रिप्ट राईटर बिकाश आचार्य  उत्कृष्ट संवाद, पटकथा र कथा गरी ३ बिधामा मनोनयनमा परेर ह्याट्रिक गरेका छन् ।