मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियर भयो न बिर्सें तिमीलाई.....

फिल्मीखबर, काठमाण्डौ, 2011/01/12

प्रज्ञा जोशीको निर्माणमा योगेश घिमिरेले निर्देशन गरेको चलचित्र न बिर्सें तिमीलाई न पाएँ तिमीलाई को प्रिमियर गरिएको छ ।

बुधबार साँझ चाबहिल स्थित गोपीकृष्ण सिनेमा भवनमा विभिन्न चलचित्रकर्मीको उपस्थितमा गरिएको उक्त प्रिमियरमा सो चलचित्रका मुख्य तीन  कलाकार मध्येका बाबु बोगटी बाहेक झरना थापा र  विराज भट्टको उपस्थिति भने थिएन । प्रिमियर पश्चात उपस्थित चलचित्रकर्मीहरूले ब्यापार राम्रो गर्न सक्ने सम्भावना उक्त फिल्ममा देखेको प्रतिक्रिया दिएका थिए ।

 

नाच्न  चाहने केटीको कथालाई भावनात्मक एवं त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण गरिएको उक्त फिल्ममा निर्देशक र क्यामेराम्यानका केही कमजोरी बाहेक अन्य पक्षहरू औसत छन् । प्राय सवै कलाकारको औषत अभिनय देख्न पाईने सो  चलचित्र आगामी शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

युवराज राईको छायाकंनमा  महेश खड्काको संगीत रहेको सो चलचत्रिमा गोविन्द प्रभात र गोविन्द राईको नृत्य तथा रोशन श्रेष्ठको द्धन्द निर्देशन समावेश गरिएको छ ।  चलचित्रको शिर्षक अनुसार विपिन किरणको शब्दमा अञ्जु पन्तले गाएको हिट गीत न बिर्सें तिमीलाई न पाएँ तिमीलाई  पनि अन्तिममा हेर्न सकिने छ ।