मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमितले ख्वाए निरूतालाई केक

सुमन गैरे, काठमाण्डौ, 2011/01/12

नायक रमित ढुंगाना र नायिका निरूता सिंह कति नजिक छन् भन्ने कुरा रमितको ३०औ जन्मदिनले स्पष्ट पारिदिएको छ । मंगलबार पूरानो सिनामंगल स्थित आफैले खोलेको बालगृह सानु फाउण्डेसनमा  बर्थडे मनाईरहेका बेला रमित निरुताको उपस्थितिमा निकै खुशी देखिन्थे ।

 

बर्थडेमा निरुता सहित अभिनेता भुवन केसी, कलाकार निर्मल शर्मा, सिपी पौडेललगायत सहभागी थिए । जव रमितले बर्थडेको केक काटे तव उपस्थित सबैले उनलाई ह्याप्पी बर्थटू यू रमित भने। केक काटिसकेपछि रमितले  केक सुरूमा निरूता प्रति लगेका थिए तर अकस्मात रमितको दिमागले के सोच्यो कुन्नि अनि त्यो केकको टुक्रा उनले भुवन केसी तर्फ लगे । भुवनले रमितको भाव बुझेर होला पहिला निरूतालाई खुवाएपछि मात्र आफूले खाने बताए । त्यसपछि रमितले निकै खुसी भएर हत्तनपत्त निरूतालाई केक खुवाए र त्यहि केक भुवनलाई खुवाए । उता निरूताले पनि रमितलाई कसैले केक नखुवाएपछि आफ्नै हातले केक खुवाईदिईन् । रमित पनि मख्खिएर निरूताको हातबाट केक खाए ।

 

रमितको बर्थडेमा निरूता मात्र उपस्थित हुनु, रमितले पहिलो केक निरूतालाई नै खुवाउनु अनि निरूताले मात्र रमितलाई केक खुवाउनुले यि दुई बिचको सम्बन्ध निकै पूरानो र नजिकको भएको स्पष्ट हुन्छ । आखिरमा यि दुई बिचको सम्बन्ध के त ? यस बिषयलाई फिल्मीखबरले निकै चासोको रूपमा लियो र नायक रमित ढुङ्गाना  निरुता सिहंको ग्रेट फ्यान भएको पत्ता लगायो ।

 

रमित निरुताको यति सम्मको फ्यान रहेछन् कि उनले निरुताको व्यबहार, अभिनय क्षमता र अनुशासनबाट धेरै कुरा सिकेको बताए । उनी भन्छन्, 'मलाई निरूता जीको अभिनय धेरै मन पर्छ र उहाँको अनुशासनबाट त धेरै पाठ पनि सिक्नु पर्छ ।' रमितले निरूतासँगको पहिलो भेट देखि लिएर उनले अभिनय गरेका अधिकांश फिल्मको नाम मज्जाले भन्न सक्छन् । तर आफ्नो फ्यान अनि सहकर्मी रमितसँगको पहिलो भेट भने निरूतालाई सम्झना रहेनछ । सायद यहि नै होला कलाकार र फ्यान बिचको दुरी ।

 

आज भन्दा ठीक ७ बर्ष अघि रमितले एउटा चलचित्र निर्माण गरेका थिए 'माया नमार' ।  सो समयमा उनले हिरोइनको प्रस्ताव निरुतालाई गरेका थिए । होम प्रोडक्सनको चलचित्र माफर्त नायकमा डेब्यू गरेका रमितले सो समयमा  निरुताको ब्यस्तताले उनलाई आफ्नो प्रोजेक्टमा  हिरोइन बनाउन सकेनन् । फेरी त्यसको केही अन्तरालमा रमितले अर्को फिल्म लवकुश खेल्ने मौका पाए आफ्नो रोजाईको हिरोइनसँग । त्यसपछी यि दुईको राम्रो परिचय भयो अनि आफ्नो फ्यानलाई राम्रोसँग चिन्ने मौका पाईन निरुताले ।

 

लवकुशपछी यि दुईले बाला गुरुङले निर्माण गरेको चलचित्र डरमा सँगै अभिनय गरे । मात्र दुई चलचित्रमा सँगै काम गरेका रमित र निरुता आज एक अर्काका अति नजिकका मिल्ने साथी भएका छन् । कार्यक्रममा खासै नभेटिने यो जोडीले कहिले काहीं फोनमा भने कुरा गर्ने गरेको बताउँछन् ।उमेरका हिसावले रमित निरुता भन्दा कान्छा भएपनि एक अर्कालाई जी सम्बोधन प्रयोग गर्छन् यिनीहरु । जे होस् आफूलाई निकै मन पर्ने कलाकारसँग नजिकको साथी बनेकोमा नायक रमितलाई बधाई र नायिका निरूतालाई पनि फ्यानसँग दोस्ती गरेकोमा बधाई ।