Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रताको हातमा टिक्दैन मोबाईल

फिल्मीखबर, काठमाण्डौ, 2011/01/06

कसैलाई कुनै सामान फाप्ने र कसैलाई त्यही सामान नफाप्ने घटना व्यक्ति  पिच्छे फरक हुने गर्छन् । कोहीलाई घडी फाप्दैन त कोहीलाई रूमाल अनि कोहीलाई चश्मा । दैनिक जीवनमा प्रयोग गरिने यस्ता चीज नभई पनि हुदैनन् । प्रविधिसँगै हरपलको साथी मोबाईल पनि यस्तै चीज भित्र पर्दछ जसलाई चाहेर पनि मानिसले टाढा बनाउन सक्दैन र टाढा बनाउन चाहँदैन पनि ।

तर टाढा बनाउन नचाहँदा नचाहँदै पनि हिरोइन नम्रता श्रेष्ठले बोक्ने गरेका मोबाईल सेट भने उनीबाट सधै टाढा नै भै रहन्छन् । कारण के भने उनलाई मोबाईल फाप्दैन रहेछ । आफ्नै रेष्टुरा एटिकमा कुराकानी गर्दै उनले भनिन् 'खै म त मोबाईल हराएको हराई गर्छु, होसै हुँदैन मेरो।' चार बर्ष अघि दिदीले दिएको पहिलो सेट सम्झदै उनले भनिन् 'त्यो सेट पनि हराएको थियो।' त्यसपछी उनले हालसम्म बोकेको करिब डेढ दर्जन सेट हराएको बताईन् । केही समय अघि मात्र उनले फेरी अर्को मोबाईल हराएकी थिईन् आफ्नै रेष्टुरामा । त्यो पनि उनलाई दिदीले दिएको गिफ्ट रहेछ ।

यति सम्मकी शौचालयमा लडेर पनि उनले मोबाईल गुमाएकी रहेछिन् । आखिर कहाँ कहाँ गुमाउछिन त उनले मोबाईल ? नम्रता भन्छिन् 'ट्याक्सीमा अनि खाजा खाँदा रेष्टुरामा प्राय छाड्ने गर्छु।'  डेढ दर्जनको सख्यामा मोबाईल हराएकी नम्रताले ती सवै मोबाईल आफैले किनेकी हुन त ? 'हैन' जवाफ दिदै उनले भनिन् 'प्राय गिफ्ट नै हुन्छ तर मैले एउटा भोडाफोनको मोवाईल किनेको थिएँ, त्यो मेरो निकै फेबरेट थियो तर पनि हराए ।' उनले हाल सम्म हराएका मध्ये सबैभन्दा बढी मूल्य पर्ने ३३ हजारको एक सेट रहेको पनि बताईन् ।

अत्याधिक मोबाईल हराउने भएपछि उनी अहिले  नोकियाको १५०० मोडलको साधारण सेट बोक्ने गरेकी छिन् । 'के गर्नु त हराइ रहन्छ अनि बोक्नु परेन त साधारण सेट ' उनले अन्तिम जवाफ दिईन् ।

Most Visited News (monthly)