मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनटिभी प्लसमा सुरेशको 'पर्दा'

फिल्मीखबर, काठमाण्डौ, 2010/12/06

टेलिभिजन च्यानलहरुमा फिल्म सम्बन्धी कार्यक्रम थुप्रै प्रसारणमा आईरहेका बेला नेपाली फिल्मलाई लक्षित गर्दै मंगलबार बेलुकीबाट अर्को एक फिल्मी कार्यक्रम 'पर्दा' प्रसारण हुने भएको छ ।


दर्पण क्रियशनको प्रस्तुतीमा एनटिभी प्लसबाट प्रत्येक साताको मंगलबार बेलुकी ८: १५ मा प्रसारणमा आउने उक्त कार्यक्रमलाई  फिल्म निर्देशक समेत रहेका सुरेश दर्पण पोखरेलले सञ्चालन गर्ने छन् । सुरेशले एक बर्ष सम्म आफ्नो पत्रकारिता पेशालाई स्थगन गर्दै फिल्मतिर पाइला बढाएका थिए । तर अहिले पुन: आफ्नो पुरानो पेशालाई उनले निरन्तरता दिँदैछन् ।

 

आधा घण्टाको उक्त रेकर्डेड कार्यक्रममा फिल्मी रिपोर्ट सहित विभिन्न पाँच सेगमेन्ट समावेश गरिएको सो कार्यक्रमका निर्माता समेत रहेका सुरेशले जानकारी दिए । जसमा जुम इन, इस्यू अफ दि बीक, बक्स अफिस, फेसबुकमा सेलिब्रेटी र ट्यालेन्ट हन्ट समावेश गरिएको छ । ट्यालेन्ट हन्टमा कलाकारिता पेशामा आउने दुई नयाँ ब्यक्तिलाई आफ्नो कला प्रस्तुत गर्न मौका दिईने छ । 

 

एउटा पूर्ण फिल्मी कार्यक्रम पर्दा अत्यन्त फरक शैलीमा प्रस्तुत गरिने भन्दै पोखरेलले कलाकारहरुको हरेक बिषयलाई रोच शैलीमा आफ्नो कार्यक्रम मार्फत  प्रसारण गर्ने बताएका छन् । कार्यक्रमको स्लोगन 'खबर पर्दा भित्रको होला तर कुरा पर्दा बाहिरको पनि हुनसक्छ' राखिएको छ । सो कार्यक्रम फिल्मीखबर डटकममा पनि हेर्न सकिनेछ ।