मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मानवको छायांकन र सम्पादन एकैसाथ

गणेश ढकाल, पोखरा, 2010/12/06

सञ्चारकर्मी कुमार आचार्यको निर्माण एवं यादव सिलवालको निर्देशन रहेको चलचित्र 'मानव' को हाल पोखराका बिभिन्न रमणीय स्थलहरुमा छांयाकन भईरहेको छ । लामो समयदेखि रजतपटबाट टाढिएका नायक सरोज खनाल चलचित्र 'मानव' मार्फत पुनः दर्शकहरुमाझ देखा पर्दैछन् । गएको मंसिर ११ गते काठमाण्डौमा यस चलचित्रको शुभ मुहूर्त साईतमा सरोज आफैले नेपाली सिनेमामा १४ बर्षपछि आफ्नो पुर्नजन्म समेत भएको बताएका थिए ।


करिब एक साता अगाडी सम्पूर्ण छांयाकन पोखरामै सक्ने गरि पोखरा आएको चलचित्र 'मानव' को युनिट हाल पोखराबाट लगभग २० किलोमिटर टाढा रहेको बुढीबजार स्थित एक स्टुडियोमा बसिरहको छ । आजसम्म नेपालमा यो बिषयमा चलचित्र नबनेको र चलचित्रको कथाको बारेमा अहिले नै मिडियामा भन्न नमिल्ने निर्देशक सिलवाल बताउँछन् । 


चलचित्र मानवको छांयाकन सँगसँगै सम्पादन पनि भईरहेको छ । केहि दिनमै दुई गीतको छायाँकनको साथसाथै सम्पादन पनि सकेर निर्माता आचार्य गीतको प्रिमियर गर्न काठमाण्डौ पुगिसकेका छन् । निर्माता आचार्यका अनुसार दर्शकहरुले उक्त गीतहरु यसै साता बिभिन्न फिल्मी कार्यक्रमहरूमा  हेर्न पाउने बताए । सम्भवतः नेपाली चलचित्रको इतिहासमा यति चाँडो चलचित्रको गीत प्रिमियर हुन लागेको यो पहिलोपटक हो ।



सरोज खनाल, दिपशिखा शाही, प्रवेश गिरि, केशव भट्टराई, तृप्ति नाडखरलगायतका कलाकारको भूमिका रहेको मानवमा बिकास चौधरीको संगीत, अजय स्याङ्तनको नृत्य, शंकर मर्हजनको द्वन्द, रत्न कार्कीको छांयाकन, मेकबहादुर थापाको सम्पादन रहेको छ । चलचित्रमा निश्चल श्रेष्ठको कथा र गीत रहेको छ ।