मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युनाको डाक्टर बन्ने सपना

विजय आवाज, काठमाण्डौ, 2010/12/06

आफ्नो वारेमा एउटै कुरा वारम्वार सुन्नु पर्यो भने उसलाई त्यस क्षेत्रवाट नै निराशा पैदा हुन्छ । निराशाले मानिसको दिमाखमा बिभिन्न थरिका सोचाईहरु विकास गर्ने गर्दछ । कसैलाई आफूले काम गरिरहेको क्षेत्रलाई त्यागेर अन्य क्षेत्रमा लाग्ने सोच पनि वनाउँछन् ।

 

चलचित्र पर्खि बसेंमा पहिलो पटक नेपाली रजतपटमा आएकी नायिका युना उप्रेतिलाई पनि चलचित्र उद्योगबाट कुनै समय निक्कै निराशा छाएको रहेछ । चलचित्र पर्खि बसेंका निर्देशक दिपक श्रेष्ठसँग उनको नाम वारम्वार जोडिएपछि युनालाई चलचित्र उद्योग निल्नु कि ओकल्नु वनेको थाहा भएको छ । उनले भनिन्, 'म आफै अचम्ममा परें जब दिपक श्रेष्ठसँग मेरो नाम जोडेर कुरा गरीयो । म आफैलाई थाहा छैन किन नाम जोडियो ?'

 

संचारमाध्यममा आएका खवरहरु पढ्दा आफैलाई अचम्म लागेको बताउँदै युनाले थपिन्, 'संचारमाध्यममा आएको जस्तो सम्वन्ध हामी दुईको थिएन ।' उनलाई यस्ता किसीमका हल्लाले चलचित्र उद्योगबाट नै बाहिरिने सोच आएको रहेछ । 'मलाई यस्ता किसीमका खवरले कुनै समय निक्कै तनाव वनाएको थियो । तनावमा रहँदा चलचित्र उद्योगमा काम गर्ने मन नै विस्तारै हराउदै गएको छ', युनाले बताईन् । सो समयमा युनालाई चलचित्र उद्योग छोडेर डक्टर युना वन्ने सोच आएको रहेछ । अब अभिनयको दुनियाबाट विदा लिएर विदेशीने सोचमा आफू पुगेको युनाको भनाई छ ।

 

विदेशमा गएर मास्टर्स गर्ने अनि मास्टर्ससँगै पि.एच.डि. गर्ने सोचमा नायिका उप्रेति पुगेकी रहिछिन् । पि.एच.डि. गरेर आफ्नो नामको अगाडि डक्टर लेखाउने ठूलो धोको युनाले वोकेकी रहिछन् । डक्टर युना लेखेर नेपाल फर्किने लगभग निर्णय गरीसकेकी नायिका युनालाई नेपाली चलचित्रको मायाले सताएपछि उनले आफ्नो सोचलाई परिवर्तन गरेको वुझिएको छ ।


दिपक श्रेष्ठसँगको नाम जोडाईका कारण युनाले नेपाली चलचित्र क्षेत्रलाई छोड्ने निर्णय गरेपनि आज यि दुई विचको सम्वन्ध राम्रो छैन । दिपकको क्याम्पबाट लगभग बाहिरिएकी युना अहिलेको व्यस्त नायिकाको रुपमा चिनीन्छिन् । तनावका कारण मानिसहरु जस्तोसुकै निर्णय पनि गर्न सक्छन् भन्ने उक्तिको शिकार हुनबाट यि नायिका वचेकी छिन् ।

 

आशा गरौं यस्तो तनावको शिकार चलचित्र क्षेत्र तथा बाहिरका कोही व्यक्ति पनि हुन नपरोस् । युना उप्रेतिले आफूलाई डक्टर युना हुनबाट रोकेर ठिक गरीन् या वेठिक त्यो उनले निर्णय गर्ने कुरा हो । तर नेपाली चलचित्र उद्योगले एउटा राम्री अभिनेत्री गुमाउन भने परेन ।