Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गरिमाले ढुङ्गा भेटिनन्

फिल्मीखबर, काठमाण्डौ, 2010/12/06

तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ, मन पराएँ माया लाएँ मैले के विराएँ, ढुङ्गा खोज्दा देउता पाएँ मैले के विराएँ..... अञ्जु पन्तले गाएको यि गीतका हरफहरूसंगै सानो संगीतको धुनमा काठमाण्डौ बागबजारको राजधानी कला केन्द्रमा नाच्न सिकिरहेकी नायिका गरिमा पन्तले आफ्नो जीवनमा गीत अनुसारको कुनै योग्य ढुङ्गा अर्थात पुरूष फेला नपारेको बताएकी छिन् ।

आगामी डिसेम्बर २९ तारिखमा कतारमा आयोजना हुने एक सास्कृतिक कार्यक्रमका लागि गणेश गिरी र दिनेश अधिकारीको निर्देशनमा केही दिन अघि देखि  नृत्य सिकिरहेकी पन्तले  बिवाह गर्ने उमेर भए पनि भने जस्तो योग्य ढुङ्गा नपाएको बताइन्किन नपाउनु भएको भन्दा उनले भनिन् 'पहिलो कुरा त ढुङ्गा खोज्नै गएको छैन, कहाँबाट पाउनु नि ?'  तर अब त बेला भयो नि भन्दा फेरी उनले भनिन् 'कोही देउता बन्ने प्रयास गरेर आए स्वीकार्छु ।'  धर्मकर्म कत्तिको गर्नु हुन्छ नी भन्दा उनले फेरी भनिन्  'धेरै गर्छु तर देखावटीमा विश्वास गर्दिन ।' जिन्दगीमा कहिलै पनि ब्रत र पुजा गर्नका लागि मन्दिरमा लाईन नबसेको  भन्दै  उनले भनिन् 'त्यस्तो धर्म देखावटी लाग्छ ।' 

सानो पर्दाको  विभिन्न टेलिचलचित्र चाहाना मनको, गंगा जमुना, अपराजिता र सिन्दुरकोको मुख्य पात्र हुदै चार बर्षअघि निखिल दाई फिल्म  डेब्यू हिरोइन पन्तले हाल सम्म चार वटा भोजपुरी र आधा दर्जनको सख्यामा  अन्य  फिल्म खेलिसकेकी छिन् । पछिल्लो समय उनले शिव रेग्मी निर्देशित फूलको छायाकंन सकेर अर्को चलचित्र प्रितिको फूलमा व्यस्त छिन् ।




 

Most Visited News (monthly)