Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमितले बुद्ध नेपालमा जन्मिएको दाबी गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2010/11/27

छ महिना अमेरिका बसाईमा नायक रमित ढुङ्गानालाई निकै चित्त दुखेछ बुद्ध भारतमा जन्मिएको सुन्दा । यति सम्मकी त्यहाँका शैक्षीक केन्द्रहरूले परीक्षामा बुद्ध भारतमा जन्मिएको नलेख्दा बिद्यार्थीहरूलाई नम्बर नै नदिईने रहेछन् । यो कुरा उनले पत्याएनन् तर एक जना नेपाली विद्यार्थीले परीक्षामा नम्बर काटिने डरले बाध्य भएर बुद्ध भारतमा जन्मिएको लेखेको सुन्दा उनी अझ भावबिह्वल भएछन् ।

 

नेपालको हरेक क्षेत्रमा भारतीय हस्तक्षेप परिरहेको बेला राष्ट्रिय विभूति गौतम बुद्धलाई विदेशी मुलुकमा भारतमा जन्मिएको भनी सुन्दा उनी केही तातिए पनि तर जति तातिए पनि जो होचो उसकै मुखमा घोचो भने झै रमितले बुद्ध नेपालमा जन्मिएको कुरा कतिलाई पो सुनाउन सक्थे र कतिलाई विश्वास दिलाउन सक्थे ?



आफ्नो देशको सम्पती गौतम बुद्धलाई अन्य मूलुकले भारतको भनिरहेको बेला सत्य कुरालाई प्रतिवाद गर्न रमितले फिल्म बनाउने निर्णय गरेका छन् । चलचित्रको कथा मात्र गौतम बुद्धको बिषयमा हुने बताउदै रमितले चाडैनै स्क्रिप्ट फाईनल गरी सुटिङ सुरू गर्ने बताएका छन् । त्यो फिल्मको ९० प्रतिशत छायाकंन अमेरिका र बाकी १० प्रतिशत नेपालमा गरिने छ । फिल्मीखबरसँगको कुराकानीमा उनी भन्दै थिए, 'फिल्म बनाएर म डुबे डुबुँला तर बुद्ध नेपालमै जन्मिएको सवित यस फिल्मबाट गर्नेछु ।'



कसरी गर्नुहुन्छ त सावित भन्दा उनले भने 'अमेरिकामा कलाकारहरूको सम्मान हुने भएकाले फिल्मको माध्यमबाट यो सन्देश सवै समक्ष पुर्‍याउछु ।' फिल्मलाई सव  टाईटल दिन्छु र विश्व ब्यापी बनाउछु अनि सवैले थहाँ पाउछन् बुद्ध कहाँ जन्मिएका हुन । त्यो फिल्ममा अमेरिकी नायिका क्यान्डिस र रमित मुख्य भूमिका रहने पक्का भईसकेको छ । चाडै नै सुरू हुन लागेको उक्त प्रोजेक्टको बारेमा रमित यो समय केही तथ्य विषय बस्तुको अध्ययन गरिरहेका छन् । उनी गएको तिहारको लक्ष्मी पुजाको दिन नेपाल आएका थिए ।



चलचित्र माया नमारबाट निर्माता संगै नायकमा डेब्यू गरेका रमितले हाल सम्म ८० को सख्यामा नायक भएर फिल्म खेलिसकेका छन् । उनले अभिनय गरेर प्रदर्शनमा आएको पछिल्लो फिल्म पलपलमा थियो जुन फिल्ममा उनी पुरूष बेश्या भएर अभिनय गरेका थिए ।


केही महिने नेपाल बर्साईमा दुई वटा फिल्म शुभ विबाह र तिमि विनामा खेल्न लागेका रमितले ती दुइ फिल्मको सुटिङ सक्ने वित्तिकै गौतम बुद्ध नेपालमा जन्मिएको दाबी गर्ने आफ्नो महत्वकाक्षी प्रोजेक्ट सुरू गर्ने बताएका छन् ।

Most Visited News (monthly)