मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अधुरो दासढुङ्गा

अनुप भट्टराई , काठमाण्डौ, 2010/09/03

फाईट स्टण्ड, माया प्रेम, रोनाधोना र रोमाञ्स हेर्दै आएका नेपाली दर्शकका लागि अब छुट्टै फ्लेवरमा नयाँ चलचित्र आएको छ ।  सामान्य फाइट र सस्तो प्रेम कहाँनीका लागि पैसा खर्चिएका दर्शकहरूले पूर्ण सस्पेन र सत्यघटनामा आधारित चलचित्र दासढुङ्गाबाट नयाँ सन्देश सहित गजवको प्रस्तुती हेर्न पाउने भएका छन् ।



२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गमा भएको नरसंहार दुर्घटनाको बिषय र त्यसवरी परि घुमिरहने कथाबस्तुलाई समेटेर निर्माण गरिएको यथार्थपरक चलचित्र दासढुङ्गामा देखाउन खोजेका सम्भावना, अशंका र पात्रहरूलाई समेत झण्डै यथार्थ ढङ्गमा  प्रस्तुत गरिएको छ । यध्पी नेपाली जनताले जान्न खोजेको दासढुङ्गाको बास्तविक दोषी भने चलचित्रको पर्दामा प्रस्तुत गर्न नसक्दा चलचित्र हेर्नुको कुनै अर्थ छैन जस्तो भान हुन्छ । जसले गर्दा एउटा सोच बनाएर आएका दर्शकहरूलाई चलचित्र हेरीसके पछि केहि खल्लो भने पक्कै हुन्छ ।
 



घटना र पात्रहरूको चयन समेत वास्तविक ढङ्गले प्रस्तुत गरिएको २ घण्टा १४ मिनेट लामो यस चलचित्र आफैमा सफल नभई पुरा नेपाली चलचित्र उद्योगको उठानको लागि सम्भावनाको बोकेको चलचित्रको रूपमा चित्रण गर्दा केही फरक नपर्ला । एक हप्ताका लागि विशेष प्रदर्शनको पालो पाएको यस चलचित्रबाट एमाले जननेता मदन भण्डारीजीवरात आश्रितको रहस्यमय दुर्घटना वा हत्या के भएको हो भन्ने बिषय दर्शकले केही हद सम्म बुझ्न सक्ने छन् । यध्यपी सो घटनाको बारेमा चलचित्र आफै सस्पेन रहेकाले दर्शकको मन भने खिन्न हुन सक्छ ।



२०५० साल जेठ ३ गते  चितवनको दासढुङ्गामा भएको एक कहालिलाग्दो घटनाको बिषय  दुर्घटना वा षडयन्त्र के हुन सक्छ भन्ने कुरा यस चलचित्रमा जसरी देखाइन खोजिएको छ, त्यसै गरी दासढुङ्गाको दोषी पनि को हुन सक्छ भन्ने बिषयलाई गर्भ मै राखेर यस चलचित्रको अन्त्य हुन्छ । दासढुङ्गाको दोषी चलचित्रबाट पत्ता नलागेपनि यस चलचित्रले सम्भावनाका धेरै पाटाहरूलाई औलाई दिएको छ । सवैको आशंकाको बिषयमा परिरहने ड्राइभर अमर लामालाई सुरूवातमा दोषी देखाईन खोजिएतापनि अनुसन्धानका लागि खटिएका गुप्तचरका एक कर्मचारी  किरणले सोधेका हरेक प्रश्नको घतलाग्दो उत्तर लामाले दिएका कारण चलचित्रमा यो नै दोषी हुन सक्छ भन्ने कहि पनि ठोस प्रमाण भेटिएको पाईदैन ।



पोखरामा भईरहेको तेस्रो जिल्ला अधिवेशन सकेर  चितवनका लागि छुटेका नेता भण्डारी, संगठन विभाग प्रमुख जीवराज अश्रति  र ड्राइभर  लामा चढेको गाडी दासढुङ्गामा दुर्घटना हुदा ड्राइभर  चाहि बाच्नु र अरू दुई नेताको मृत्यु हुनुमा आफैमा शंकाको बिषय भएपनि जसरी बास्तविक जीवनमा त्यो शंका,  शंकाको  बिषय भएर बसेको हुन्छ त्यो चलचित्र दासढुङ्गामा पनि शंका नै भएर समाप्त भएको छ ।



यस चलचित्रमा सवै भन्दा उत्कृष्ट पक्ष भनेको दीपक बज्राचार्य र पुरुषोत्तम प्रधानको छायाँकन हो, त्यसपछी कलाकार र कथाको कमाल यस चलचित्रमा देख्न पाईन्छ । दिपक बज्रचार्य र पुरुषोत्तम प्रधानको क्यामेराको कमाल हेर्दा दर्शकलाई बिदेशी चलचित्र हेरेको महसुस हुन्छ । चलचित्रमा प्रयोग गरिएको एउटा गीतले दर्शकको मुटु छुन सक्छ । सत्यराज आचार्यले गाएको सो गीत हेर्दा साच्चिकै तपाईको आखाबाट आशु नझर्ला भन्न सकिन्न ।



चलचित्रका मुख्य दुई पात्र अनुप बराल र  दयहाङ र्राई, सौगात मल्लको अभिनय लाई कहि कतै खोट लागाउने ठाँउ भेटिदैन् । प्रदर्शन अगावै राष्ट्रिय अर्वाडमा उत्कष्ट अभिनेताको अवार्ड जितेका अनुप बराल र सह अभिनेताको अवार्ड जितेका दयहाङर्राईको अभिनयलाई दर्शकले स्यावासी दिन सक्छन् । यध्यपी अनुप बरालको भन्दा उत्कृष्ट अभिनय दयहाङले गरेका छन् । यस्तै गृहणीको रूपमा देखिएकी नायिका संचिता लुइटेललाई सामान्य रूपमा प्रस्तुत गरिएकाले उनको अभिनय पक्षलाई केही भन्नु पर्ने अवस्था छैन् । 

 

डकुमेन्ट्री बनाउने बनाउने सोचले  निर्माण गरिएको दासढुङ्गा चलचित्रमा रूपान्तर हुदा यसको स्वाद भने भिन्नै भएको छ । जसका कारण  कसैकसैले  यसलाई चलचित्र पनि नमान्ने अवस्था हुन सक्दछ् । सुरूवातमा डकुमेन्ट्री नभई चलचित्र बनाउने सोचले यो फिल्म निर्माण गरिएको भए यो चलचित्र  सर्वोत्कृष्ट हुनेमा कुनै दुई मत रहदैन थियो ।


 
अपिल बिष्ट फिल्म्सको ब्यानमा मनोज पण्डितले निर्देशन गरेको यस चलचित्रमा खासै खोट लगाउने ठाँउ नभएपनि घटनाको दोषीलाई बाहिर ल्याउन नसक्नुले दर्शकको मनमा खिन्नता भने पक्कै बनाईदिने छ ।