मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खजुरे ब्रो’ गीतमा नीति र रेअरको प्रेम

फिल्मीखबर, काठमाडौं, 2024/05/06

Niti Shah, Rear Rai

 

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी ड्रामा फिल्म ‘खजुरे ब्रो’को नयाँ सार्वजनिक गरिएको छ । ‘मैले फकाएर मात्र’ बोलको रोमान्टिक गीतमा अनमोल गुरुङको शब्द रचना, संगीत तथा स्वर छ भने रिकेश गुरुङको संगीत संयोजन छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता रेअर राई र अभिनेत्री नीति शाह प्रेमिल भावमा प्रस्तुत छन् । कहीँ रेअर रिसाएकी नीतिलाई फकाउँदै देखिएका छन् भने कहीँ दुवै लुकामारी खेलिरहेका छन् । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रेअर र नीतिका साथै नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । कुनै समय धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर फिल्म बनेको हो । त्यो पात्रमा रेअरले अभिनय गरेका छन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । शिशिर विशंखेको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ ।

निर्देशक सुनुवारले फिल्म रमाइलो बनेको बताएका छन् । उनी भन्छन्, ‘यो पूर्ण रुपमा कमेडी फिल्म हो । यद्यपि, यसमा कमेडी मात्र छैन, अरु रसहरु पनि छ । समग्रमा भन्नुपर्दा मनोरञ्जन हेतुले फिल्म बनाएका हौं । यसमा गम्भीर कथावाचन छैन, रमाइलो लाग्ने फिल्म बनेको छ ।’ यसअघि उनले ‘षडङ्ग’ निर्देशन गरेका थिए ।