मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनाव जिते कंगनाले बलिउड छाड्ने !

फिल्मीखबर, काठमाडौं, 2024/05/07

कंगना रनौत

 

अक्सर आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने गरेकी अभिनेत्री कंगना राणावतले अब राजनीतिमा आफ्नो कदम राखेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)बाट उनी लोकसभा चुनावमा उम्मेदवार बनेकी छन् । उनलाई हिमाचल प्रदेशको मण्डी जिल्लाका लागि टिकट मिलेको छ । यतिबेला उनी जोडतोडले प्रचारमा हिँडिरहेकी छन् । चुनाव जित्नेमा उनी विश्वस्त देखिन्छिन् ।

कंगनाले लोकसभा चुनावमा जित हासिल गरेको खण्डमा बलिउड छाड्ने संकेत गरेकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म एउटा मात्र काम गर्न चाहन्छु । मण्डीमा मैले जितेँ भने राजनीति मात्र गर्छु ।’ उनले आफू व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थ पूरा गर्न राजनीतिमा नआएको पनि स्पष्ट पारेकी छन् ।

मानिसले आफूप्रति गरेको अपेक्षालाई न्याय गर्नुपर्छ भन्नेमा कंगना सजग छिन् । ‘धेरै फिल्मकर्मीले मलाई राजनीतिमा नजान सुझाव दिएका थिए । मलाई थाहा छ कि जनताको अपेक्षामा खरो उत्रनुपर्छ,’ उनी भन्छिन्, ‘मैले विशेषाधिकार प्राप्त जीवन विताएँ, यदि मलाई मानिसहरुसँग जोडिने मौका मिल्यो भने म यसलाई अपनाउँछु । मलाई लाग्छ कि सबैभन्दा पहिले जनताले मबाट गरेको अपेक्षालाई न्याय गर्नुपर्छ ।’

उनले राजनीतिलाई वास्तविकता र फिल्मलाई झुटो दुनियाँको समेत संज्ञा दिएकी छन् । ‘फिल्म भनेको झुटो दुनियाँ हो । त्यहाँ अलग वातावरण बनाइन्छ । मानिसहहरुलाई आकर्षित गर्न एउटा बबल सिर्जना गरिन्छ । तर, राजनीति वास्तविकता हो । मानिसको अपेक्षामाथि खरो उत्रनुपर्छ । जनताको सेवामा म नयाँ हुँ, धेरै कुरा सिक्न बाँकी छ,’ उनले भनेकी छन् । कंंगनाको नयाँ फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छ । यसमा उनी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन् ।