Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिव्याको 'यो मिठो बोली'

फिल्मीखबर, काठमाण्डौ, 2010/08/22

गायिका दिव्या भण्डारीले आफ्नो सोलो एल्बम 'यो मिठो बोली' स्रोता माझ ल्याएकी छिन् ।२०४९ सालमा रेडियो नेपालबाट भ्वाईस टेस्ट पास गरेपछी गायन यात्रालाई अंगालेकी गायिका दिव्याको यो नै पहिलो सोलो एल्बम हो । उनले यो भन्दा अगाडी केहि कलेक्सन एल्बमहरूमा गीत गाईसकेकी छिन् ।

 


सातवाटा आधुनिक गीतहरूको संग्रह एल्बम 'यो मिठो बोली'  मा मधु गुरूङ, प्रकाश ढुंगेल, भिम बराग अधिकारी, युवराज पौडेल, टिका चाम्लिङ, अज्ञात र ज्ञानेन्द्र गदालको शब्द तथा मधु गुरूङ, टिका भण्डारी, राजु सिंह, श्रीकृष्ण गुरूङ र पारस मुकारूङको संगीत रहेको छ । उनले एल्बममा रहेको 'यो मायाको बोली...' बोलको गीतको म्युजिक भिडियो समेत बनाई सकेकी छिन् । एल्बमलाई भ्वाइस अफ नेपालले बजारमा ल्याएको हो ।
 


 


Most Visited News (monthly)