मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'द क्रिष' को गीत रेकर्डिङ

फिल्मीखबर, काठमाण्डौ, 2010/08/12

निर्देशक तथा निर्माता दिपक खाँडले नेपाली चलचित्र 'द क्रिष' निर्देशन गर्ने भएका छन् ।  भदौको अन्तिम साताबाट छायाँकन शुरू गर्ने भनिएको उक्त चलचित्रको बुधबार राजधानीको म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ गरियो ।

 

स्टुडियोमा मिना सिङगकको शब्द र ताराप्रकाश लिम्बुको संगीतमा राजेशपायल राई र मौसमी गुरूङले गीत गाए । चलचित्रमा प्रबिशा अधिकारी र ताराप्रकाश लिम्बुको पनि स्वर रहने निर्देशक खाँडले फिल्मीखबरलाई जानकारी गराए ।आकाश बराली र प्रेम बरालीको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्र 'द क्रिष' नारिप्रति समर्पित हुने निर्देशक खाँडको भनाई छ ।

 

निर्देशक खाँडकै चलचित्र 'सलाम छ मायालाई' बाट डेब्यू गरेका कृष्ण भट्ट र सम्पदा बानियाँको साथमा बिराज भट्ट र झरना थापाको पनि मुख्य भुमिका रहने छ । काठमाण्डौबाट छायाँकान शुरू गरिने यस चलचित्रको पोखरा, नारायणगढ, दाङ, दमकलगायत मुलुकका प्राय सबै शहरहरूमा छायाँकन गरिने छ ।

 

बलिउडको चलचित्र 'क्रिस' सँग नाम जुध्न गएको भए पनि कथा बस्तुसँग मेल नखाने दाबी गर्ने निर्देशकले चलचित्रको कथाबस्तु र प्रस्तुती फरक रहने दाबी गरे । कलियुगका रावणलाई समाप्त गर्न कृष्णको जन्म हुने र सोही कृष्णको नामबाट नै चलचित्रको नाम 'द क्रिष' राखिएको जानकारी गराईयो ।