मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा चलचित्र निर्माण कार्य तिब्र

तीर्थ संगम राई, कतार, 2010/08/11

नेपालबाट कोशौं टाढा रहेको कतार अब नेपालीहरुको लागि श्रम गर्ने थलो मात्र रहेन । नेपाली कला र संस्कृतिको उर्वरभूमि पनि बन्दै गईरहेको छ । नेपाली कला र संस्कृतिको जगेर्ना र पहिचानलाई पनि विश्व सामु चिनाउन कतारका नेपालीहरु चलचित्र निर्माणमा निकै अग्रसर भएर लागी परेका छन् ।

 

अमेरिका बेलायत र हङ्ककङ पछि अहिले कतार साहित्य र कलाकारितामा निक्कै अघि बढि रहेको छ । बिभिन्न च्यारिटि सो होस या साहित्य गोष्ठि सबैमा कतार अहिले निक्कै अगाडि बढेको छ । कतारमा नेपाली कलाकारहरुको जमात नै भेला भई सकेको छ । यहाँ म्युजिक भिडियो टेलिचलचित्र देखि फिचर फिल्म सम्म बनेर प्रदर्शन भई रहेको छ ।

 

सिने सरोकार केन्द्रको व्यानरमा कतारमा बनेको चलचित्र 'तिम्रै लागि' कतारमा सबै भन्दा पहिला प्रदर्शन भएको  चलचित्र हो । तर मितेरी प्रोडक्सनको ब्यानरमा निर्माण बनेको पहिलो चलचित्र भने 'परदेशको जिन्दगी' हो । त्यस पछि गुरुङ्ग डिजिटलले चलचित्र 'सपना होकी विपना' बनायो । यी दुवै चलचित्रहरु पनि प्रदर्शन भई सकेका छन् । पछिल्लो समयमा निर्माणक्रममा रहेका चलचित्रहरु आरम्भ नाट्य डबलीको पहिलो प्रस्तुति 'यदि' र सिने सरोकार केन्द्रको दोस्रो प्रस्तुति 'इसारा जिन्दगीको' साथै विपंखा फिल्मस् एण्ड कलाकार  ग्रुप र गोधुली सांगितिक समुह दोहा कतारको संयुक्त प्रस्तुति टेलिचलचित्र 'यस्तै छ लौ' हुन ।