मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भात खादैनन् राजेश

अनुप भट्टराई , काठमाण्डौ, 2010/08/11

महानायक राजेश हमालले भात नखाएको कति भयो होला ?  अनुमान लाउन सक्नु हुन्छ ?  सायद सक्नु हुन्न होला । यदि यो कुरा थाहा पाएर पनि तपाईंलाई पत्याउन गाह्रो हुन्छ होला । तर तपाई पत्याउनुस वा नपत्याउनुस स्वयम राजेश हमालले हामीलाई दिएको जानकारी अनुसार उनले विगत १५ बर्षदेखि भात खान छाडेका रहेछन् ।



मंगलबार डा. घनश्याम खतिवडाद्धारा निर्देशित चलचित्र 'जय होस' को सुटिङ स्पटमा भेटिएका नायक हमालले आफ्नो दैनिक रूटिन बताउदै भने "मैले भात खान छाडेको लगभग १५ बर्ष भयो,  खाई हाले भने पनि एक चम्चा खान्छु, किन की भातमा काब्रोहाईट्रेड बढी हुन्छ । जसले पेट लगाउछ ।"   ८० भन्दा कम र ८४ भन्दा बढी तौल बनाउन नचाहने हमाल त्यत्रो ज्यान चलाउन निकै कम खाने कुराहरू खाँदा रहेछन । उनी भातको साटो रोटी पनि खादैनन् । भातमा र रोटीमा काब्रोहाट्रेड हुने भएकोले त्यो खाएमा आफ्नो भुँडी ठूलो हुने र सवैले भुँडे नायक भन्ने डरले पनि नखाएको उनी बताउँछन् ।


सुटिङको समय बाहेक घरमा हुदा साढे एघार देखि बाह्र बजेको समयमा सुत्ने यि हस्ती नायक  बिहान ६ देखी साढे ६ बजेको समयमा उठ्दा रहेछन् । राजेशको हरेक क्रियाकलापमा सहयोगीको भूमिका निर्वाह गर्ने दुई सहयोगी मध्येका एक सहयोगी चिरञ्जीवी आचार्यका अनुसार 'उठ्ने वित्तिकै उनी आयुर्बेदिक तितो महको स्वादमा हट लेमन पिउँदा रहेछन् । त्यसको केही समय पछी विदेशी जुस उनी पिउछन् रे । समय मिले हल्का ब्याम गर्दै उनी ९ र १०  बजेको समयमा एउटा स्याउ दैनिक खान्छन् ।' 



त्यसपछी मन लागे चिनि विनाको एक कप कफि उनी पिउदा रहेछन् । अनि त्यसपछी उनी  केही खादैनन् । जव अपरान्हको  २ वा ४ बज्छ । अनि उनलाई चाहिदो रहेछ ४ वटा अण्डा त्यो पनि पहेंलो विनाको । अण्डा भित्र सवै भन्दा पौष्टिक तत्वको रूपमा रहेको त्यो पहेंलो भागमा प्रोटिन र क्लोस्टिरोल हुनाले उनी त्यसलाई मन पराउदैनन् रहेछन् । राजेशले जहाँ पायो त्यहाँको पानी खाँदैनन् । उनले सधैं नै एक्वा १०० र एक्वा सेभेन नामक बोतलको पानी खान्छन् ।
 


साँझको समयमा उनी भातको साटो दैनिक ग्रिन सलाद, भयो भने गेडागुडीको तरकारी खाने गर्दछन् । उनी भन्छन "मान्छेहरू गेडागुडीको तरकारी कुनै अरू खाना विना त्यसै खान मन पराउदैनन् तर म त्यो मजाले खान्छु ।'  २० बर्ष अगाडी २६ बर्षको उमेरमा नेपाली चलचित्र युगदेखि युगसम्म बाट डेब्यू गरेका यि नायक चलचित्र क्षेत्रमा लागेपछी आफुले सव थोक त्याग गरेको बताउछन् । उनी अहिले जाड रक्सी, चुरोट, पान, सुपारी केही खादैनन् जव कि २० बर्ष अगाडी उनी त्यो सव कुरा खान्थे । सफ्ट ड्रिंक्समा उनी बर्ष भरिमा एक गिलास बियर खाँदा रहेछन् त्यो पनि बाध्य भएर । हरेक पाटीमा जाँदाको आफ्नो गोप्य कुरा खोल्दै नायक भन्छन् " मलाई अरू कसैले हार्ड ड्रिंक्स खुवाउछ भनेर आफै पहिले हातमा बोकेर बस्छु तर पिउदिन । त्यसैले हातमा वाईन देखेपछी अरू कसैले पिउँ भनेर कर पनि गर्देनन् ।" 



किचनमा जिन्दगीमा नछिरेका तर माछाका एक दमै पारखी राजेश कहिले काही विदेशी माछा खाने गर्दछन् । त्यस्तै कहिले काही कुखुराको मासु खान्छन्  भने खसी, राँगा, सुँगुरलाई 'जी' सम्बोधन गर्दै उनले ती चिज भने आफुलाई मन नपर्ने बताए ।