मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'जय होस्' को छायाँकन सुचारू

फिल्मीखबर, काठमाण्डौ, 2010/08/10

चलचित्रका निर्माता सुधन धिताल दुर्घटनामा परी घाइते भएपछि छायाँकन रोकिएको चलचित्र 'जय होस्' को करिब डेढ महिना पछि छायाँकन प्रारम्भ भएको छ । यहि क्रममा मंगलबार नक्साल स्थित बाल मन्दिरमा चलचित्रको गीतको छायाँकन भयो ।

 


सुनकोशीको छाल जस्तै

चुलबुल चुलबुल बानी

चाँदनीले धोईएकी

मेरी बैनी सानी...


प्रस्तुत शब्दमा नायक राजेश हमालले नवनायिका सुमिना धितालको लागी गीत गाउँदै थिए भने नायिका घिमिरेले चलचित्रमा दाजुको भुमिका निर्वाह गरेका नायक हमालको गीतमा चुलबुले बहिनीको भुमिका निर्वाह गर्दै नाचिरहेकी थिईन् । बहिनी सुमिनाको जन्मदिनको अवसरमा दाजु राजेशले बहिनीलाई खुसी पार्न र जन्मदिनको शुभकामना व्यक्त गर्न सो गीत गाएका हुन्छन् । उक्त गीतको करियोग्राफी सञ्चारकर्मी समन अधिकारीले गरेका थिए भने उनलाई साथ दिएकी थिईन अर्की सञ्चारकर्मी, मोडल तथा नायिका रिमा बिश्वकर्माले ।

 

चलचित्र जय होस् को निर्देशन डा. धनश्याम खतिवडाले गरेका छन् भने चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहेको छ । चलचित्रमा राजेश हमाल, विराज भट्ट, कृष्ण भट्ट, सुमिना घिमिरे, सौजन्य सुब्बा, दिनेश डिसी, नवीन श्रेष्ठ आदि कलाकारको मुख्य भूमिका छ । धनि र गरिब बिचको सम्बधलाई प्रस्तुत गर्न खोजिएको सो चलचित्रको अहिले करिब ८० % भागको छायाँकन सकिएको निर्देशक खतिवडाले फिल्मीखबरलाई जानकारी दिए ।